स्वास्थ्यको ज्ञान नै नभएको व्यक्तिलाई स्वास्थ्य सचिव बनाएको भन्दै ‘गोदान’को आपत्ति

काठमाडौँ, २५ मंसिर । स्वास्थ्यमा प्रशासन समूहको सचिव पठाएको भन्दै सरकारी चिकित्सक संघ ( गोदान)ले पनि विरोध जनाएको छ । यसअघि नेपाल चिकित्सक संघले विज्ञप्ती जारी गर्दै स्वास्थ्यमा प्रशासन समूहको सचिव पठाउने निर्णय तत्काल फिर्ता लिन सरकार समक्ष आग्रह गरेको थियो ।

स्वास्थ्य समूहबाट सचिव बनेकी डा पुष्पा चौधरीको कार्यशैलीमा सन्तोषजनक नभएको भन्दै सरकारले गत २८ असोजमा उनलाई प्रधानमन्त्री कार्यालयमा तानेको थियो । यस्तै स्वास्थ्य मन्त्रालयमा प्रशासन समूहका सचिव केदारबहादुर अधिकारीलाई पठाएको थियो । अधिकारीले सोमबारबाट स्वास्थ्य मन्त्रालयमा कार्यभार सम्हालेका छन् ।

गोदान अध्यक्ष डा दीपेन्द्र पाण्डेद्धारा सोमबार अपरान्ह जारी विज्ञप्तीमा सरकारले स्वास्थ्य सेवा ऐनको मर्मलाई लत्याउँदै स्वास्थ्यको ज्ञान र अनुभव नै नभएको व्यक्तिलाई स्वास्थ्यमा पठाएको प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तीमा सचिवका बन्न योग्य स्वास्थ्य क्षेत्रका अनुभवी र कुशल व्यक्ति हुँदा हुँदै राजनीतिक भागवण्डाको आधारमा प्रशासन समूहको सचिवलाई स्वास्थ्यमा पठाइएको आरोप समेत लगाइएको छ ।

गोदानले प्रशासन समूहका सचिव स्वास्थ्यबाट फिर्ता नगरे नेपाल चिकित्सक संघले जारी गर्ने भनेको आन्दोलनलाई समर्थन गर्दै आफूहरु समेत कडा आन्दोलनमा उत्रिने जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *