रिक्त रहेको खोप सम्बन्धि तीनवटा समितिमा पदाधिकारीको पदपूर्ति

काठमाडौँ, २५ मंसिर । पाँच महिना देखि रिक्त रहेको राष्ट्रिय खोप समिति, राष्ट्रिय खोप सल्लाहकार समिति (एनसीआईपी) र खोप सम्वन्धि प्राविधिक सहयोग र सुझाव समिति (एइएफआई) मा पदपूर्ति भएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सोमबार ( हिजो) मन्त्रीस्तरीय निर्णय गर्दै उक्त समितिमा पदपूर्ति गरेका हुन् ।
स्रोतका अनुसार स्वास्थ्य सचिव अध्यक्ष रहने राष्ट्रिय खोप समितिमा प्राडा मधु दिक्षित देवकोटा र प्रा फकिरचन्द्र गामी सदस्यको रुपमा नियुक्त गरेका छन् । समितिको सदस्य सचिव परिवार कल्याण महाशाखाको प्रमुख रहने व्यवस्था छ ।

यस्तै राष्ट्रिय खोप सल्लाहकार समिति (एनसीआईपी)को अध्यक्षमा प्राडा रमेशकान्त अधिकारी , सदस्यमा डा. कृष्णप्रसाद विष्ट (नेपाल पेडियाट्रिक सोसाइटी –नेपास) डा. कल्पना सुवेदी ( बालरोग विशेषज्ञ), डा. जामुन सिंह ( बालरोग विशेषज्ञ) डा. गरीबदास ठाकुर(पिडिमियोलोष्टि) रहेका छन् । उक्त समितिको सदस्य सचिव परिवार कल्याण महाशाखा अन्तरर्गतको खोप शाखा प्रमुख सदस्यसचिव रहने प्रावधान छ ।

स्वास्थ्य मन्त्री यादवले सोमबार नै खोप सम्वन्धि प्राविधिक सहयोग र सुझाव समिति (एइएफआई)मा रिक्त पदाधिकारीको समेत पदपूर्ति गरेका छन् । सो समितिको अधयक्षमा प्राडा निलम अधिकारी रहेकी छन् । सदस्यहरुमा डा. रामहरि चापागाँई (नेपाल पेडियाट्रिक सोसाइटी) डा. शम्भुनाथ झा ( बरिष्ठ प्याथोलोजिष्ट) बिराटनगर, डा. विनोद खेतान नेपालगञ्ज र प्राडा केदार बराल (बरिष्ठ जनस्वास्य विज्ञ ) रहेका छन् । यो समितिको पनि सदस्य सचिव खोपशाखा प्रमुख हुने प्रावधान छ ।

अघिल्ला सरकारका स्वास्थ्य मन्त्री दीपक बोहराले गतवर्ष तीनवटै समितिलाई खारेज गरी नयाँ पदाधिकारी नियुक्त गरेका थिए । तर उनले गरेका सबै नियुक्ती निर्वाचन आचार संहितामा भएको भन्दै बर्तमान सरकारले गत २० असारमा एक मुष्ट रुपमा खारेजी गरिदिएपछि ती समिति पछिल्लो पाँच महिना देखि पदाधिकारी विहीन भएका थिए ।

समिति पदाधिकारी विहीन हुँदा खोप सम्वन्धी निर्णय, अध्ययन अनुगमन गर्न समेत समस्या भएको थियो । लामो समयसम्म पदाधिकारीविहीन भएपछि नेपालीहेल्थले गतसाता यसबारे समाचार प्रकाशित गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *