स्वास्थ्य सेवा मानवअधिकारका रुपमा सुनिश्चित गरिने : उपप्रधानमन्त्री यादव

भक्तपुर, २४ मंसिर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले स्वास्थ्य सेवाको क्षेत्रलाई मानवअधिकार सुनिश्चित बनाउने बताएका छन्।

सार्क क्षयरोग तथा एचआइभी/एड्स सेन्टरमा सार्क राष्ट्रभित्रका देशको स्वास्थ्य क्षेत्रमा मानवअधिकार पहुँच वृद्धि गर्दै लागुपदार्थ दुव्र्यसनीको अवस्थाबारे आज आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् । मन्त्री यादवले सरकारले सन् २०३० सम्म सबै जिल्ला र स्थानीय तहमा स्वाथ्यको पहुँच पु¥याउने बताउँदै उनले स्वास्थ सेवालाई मानवअधिकारका रुपमा अगाडि बढाइने बताए ।

लागुपदार्थ दुव्र्यसनी र एचआइभी/एड्सका बिरामीलाई विभेद नगरी उनीहरुको उपचार र मानवअधिकारको क्षेत्रमा सरकारले नीतिनियम बनाएरै कार्यान्वयनमा लैजाने बताए ।

कार्यक्रममा सार्क राष्ट्रबाट सहभागी प्रतिनिधिले सो क्षेत्रका लागुपदार्थ दुव्र्यसनी र एचआइभी/एड्स पीडितको मानव अधिकारबारे एउटै धारणा बनाएर जानुपर्नेमा जोड दिए । सार्क राष्ट्रका स्वास्थ्य मन्त्री तथा सामाजिक अधिकारकर्मीको सहभागिता रहेको सो कार्यक्रममा सहभागी भारतका कुनाल किशोरीले लागुपदार्थ दुव्र्यसनी र एचआइभी/एड्स पीडितलाई अपराधीको व्यवहार गर्न नहुने संयुक्त धारणा बनेको बताए । लागुपदार्थ दुव्र्यसनी र एचआइभी/एड्स पीडितलाई अपराधीका रुपमा लिएर जेल हाल्नु मानवअधिकार हनन भएको बताउँदै उनले उनीहरुलाई अपराधीका रुपमा नलिई उपचार र परामर्श दिएर सक्षम नागरिक बनाउन एउटै धारणा र ऐनमा परिवर्तन गर्नेबारे छलफल भएको उनको भनाइ छ ।

यसबारे सार्क राष्ट्रभित्रका कुन देशको कानून राम्रो छ र कुन देशको कानून नराम्रो छ भन्नेबारे छलफल गर्दै कानून परिमार्जन गर्नुपर्ने देशलाई सुझाव दिएर लागुपदार्थ दुव्र्यसनी र एचआइभी/एड्स पीडितको मानव अधिकारबारे एउटै धारणा बनाउने बारेमा छलफल भएको छ । अन्तरक्रिया भोलिसम्म जारी रहनेछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *