स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी

काठमाडौँ, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी केदारबहादुर अधिकारीले पाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका अधिकारीलाई गत सोमबारको मन्त्रिपरिषद बैठकले स्वास्थ्यको जिम्मेवारी दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकले यसअघि २८ असोजमा स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तान्ने निर्णय गरेको थियो ।

प्रशासन समूहका भएपनि अधिकारी स्वास्थ्यसंग नजिक मानिन्छन् । उनी सहसचिव हुँदा करीब २ बर्ष स्वास्थ्य मन्त्रालयमा थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *