‘मेडिको लिगल सेवा सञ्चालन निर्देशिका’ अघि बढाउन सैद्धान्तिक सहमति

काठमाडौँ, २२ मंसिर । सरकारले मेडिको लिगल सेवा सञ्चालन निर्देशिका २०७५ अघि बढाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयद्धारा पेश भएको निर्देशिका सम्वन्धी प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिमा छलफल गरी पेश गर्न निर्देशन दिएको छ ।

नेपालमा मेडिको लिगल सेवालाई सहज गुणस्तरीय, व्यवस्थित र मर्यादित बनाई सर्वसाधारणको पहुँचसम्म पुु¥याउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २३ असोजमा यस सम्वन्धी प्रस्ताव मन्त्रिपरिषदमा दर्ता गराएको थियो ।

‘मेडिको लिगल भनेको मेडिकल केशमा भएका तथा हुनसक्ने कानुनी कुराहरु नै हुन् । यसले मेडिकल क्षेत्र हुनसक्ने गैरकानुनी कुराहरुलाई रोक्न मद्धत गर्छ,’ त्रिवि आइओएमका सहप्राध्यापक डा सतिशकुमार देव भन्छन् । उनले मेडिको लिगल आएपछि चिकित्सकहरुलाई थप झन्झट आउनसक्ने संकेत गरे ।

‘अहिले पनि पनि मुलुकी ऐन छ । उपभोक्ता ऐन छ अहिलेसम्म यसले समेटेको थियो । अब मेडिको लिगल भएपछि थप समेटने छ । यसले चिकित्सकलाई थप जिम्मेवारी र सतर्कता बनाउन बाध्य पार्ने देखिन्छ,’ उनले भने ।

तत्कालिन स्वास्थ्य सचिव डा पुष्पा चौधरीले यो कानुन अघि बढाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाएकी हुन् । लामो समय पछि मन्त्रिपरिषले यसलाई टेवुल गरेको हो ।

निमित्त स्वास्थ्य सचिव डा सुशील प्याकुरेल भन्छन्, मेडिको लिगल निर्देशिका आइसकेपछि चिकित्सकले गर्न हुने र नहुनेकामको बारेमा थप स्पष्टता हुने र यसले गर्न हुने नहुने कामका बारेका समेत सजग गराउछ । उनले यो निर्देशिका आएपछि स्वास्थ्य सेवा थप व्यवस्थित हुने दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *