३५ प्रदेश स्वास्थ्य कार्यालय खारेज हुने, ७७ वटै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना हुने

काठमाडौँ, २१ मंसिर । सरकारले ३५ वटा प्रदेश स्वास्थ्य कार्यालयलाई खारेज गरी ७७ जिल्लामा जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालय स्थापना गर्ने कार्यलाई अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो प्रस्तावलाई गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको प्रशासन समितिमा छलफल गरि पेश गर्ने निर्णय गरेको छ ।

यसअघि सैद्धान्तिक सहमतिका लागि स्वास्थ्यले पेश गरेको प्रस्तावमा प्रदेश मातहतमा रहने गरी जिल्ला स्वास्थ्य जनस्वास्थ्य मात्रै होईन सात वटै प्रदेशमा मेडिकल स्टोर, औषधि व्यवस्था विभाग अन्तरगर्त रहने गरी प्रदेश न ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा औषधि व्यवस्था कार्यालय स्थापना गर्न समेत माग गरिएको थियो ।

यस्तै प्रदेश मातहतमा रहने गरी स्वास्थ्य सम्वन्धि गोष्ठी तालिम सञ्चालन गर्न सात वटै प्रदेशमा तालिम केन्द्र र सात वटै प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्न समेत माग गरिएको थियो । सोमबारको बैठकले ती विषयलाई समेत प्रशासन छलफल गरी पुन पेश गर्न निर्णय गरेको छ ।

सोमबारको बैठकले ती विषयलाई समेत प्रशासन समितिमा छलफल गरी पेश गर्न भनेको छ । ‘हाम्रो प्रस्ताव अब अघि बढ्यो । मन्त्रिपरिषदले छलफलका लागि समितिमा पठायो । अव छिट्टै नै यस विषयको निर्णय हुन्छ,’ निमित्त स्वास्थ्य सचिव डा सुशीलनाथ प्याकुरेलले भने ।

यसअघि सरकारले गत असार ३२ गते निर्णय गर्दै देशभरका जिल्ला स्वास्थ्य कार्यालय, क्षेत्रीय तालिम केन्द्र मेडिकल स्टोरहरु खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णय सच्याउन माग गर्दै स्वास्थ्य मन्त्रालयले गत ७ मंसिरमा मन्त्रिपरिषदमा नयाँ प्रस्ताव दर्ता गराएको थियो ।

सोही प्रस्तावलाई समितिमा छलफल गरी पेश गर्न भनिएको हो । अघिल्लो संरचनामा जिल्ला स्वास्थ्य जनस्वास्थ्य खारेज गरी प्रदेश मातहतमा रहने गरी ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना हुने व्यवस्था थियो ।

यतिवेला प्रदेशका सामाजिक विकास मन्त्रालयले ती कार्यालयहरुको स्थापना गर्ने कार्यलाई तिब्रता दिदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “३५ प्रदेश स्वास्थ्य कार्यालय खारेज हुने, ७७ वटै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना हुने

  1. Sarkar ley gareko nirnaya ekdum sarwamannya chha….

    Swastha ma pailai dekhi nai sanghiyeta thyo, gau gau ma Fchv, harek jilla ma swastha karyalaya ekdaamai thik thyo! ani kina 35 Ota sastha karyalaya chahiyeko hola???

    Naya sangrachana ma Doctor ani nurse haruko darbandi Pahila ko jilla swastha karyalaya ma bhaye jasari nai rakhnu parxa sarkar ley!!

    Swastha karyalaya bhanera doctor ani nurse haruko darbandi nai narakhera Public health lai haawi huna dinu bhayena….

    Swastha sewa lai sewa mukhi banauna Hospital mai swastha karyalaya rakhera public health service dida pahila kai sancrachana anusar gareko Upayukta sahaj ani prabhabkari dekhinxa….

    Curative services ma actively lagne doctor/nurse/HA haru lai pani Public health-preventive/promotive ma Sthan deun sarkar ley, “A curating physician knows better how to prevent & promote health”

    Hospital ma kaam garna nakhojne HA haru Swastha karyalaya ma programme ko focal person bhayera doctor haru mathi rule garna khojne prabitry ko anta garau….Public health ko name ma TADA katera ghar ma sutera basne prabitry ko anta garau…. ani kam nagarera khali Gham tapne yesta focal person haru lai hatau sarkar ley karyalaya haru bata….

    Sewa mukhi huna sangrachana banauna argraha garau sarkaar lai…

    sabai lai uchit thau diyos sarkar ley…

    Doctor ani nurse haruko pani Swastha karyalaya ma uchit darbandi hunu parchha….

    Jilla Swastha karyalaya ko organogram Revise garda pahila kai sangrachana anusar Seniority basis ma gareko huda uchit nyaya purna dekhinxa, natra vhane senior/junior ko clash, focal person, bph, mph padheka hawi garayera pheri doctor/nurse ko andolan garauna badhya huna awastha ko srijana nahoss!!

    Jai nepal…

Leave a Reply

Your email address will not be published. Required fields are marked *