यसकारण आजै देखि त्यागौँ धूमपान

डा . ओममूर्ति अनिल/ मुटुरोग विशेषज्ञ

पहिला पहिला सुर्तीजन्य पदार्थ सेवन गरेपछि दम हुन्छ, क्यान्सर लाग्छ, भन्ने थियो । अनि औषत २० वटा चुरोट २० बर्षसम्म खायो भने दम तथा क्यान्सर लाग्ने गर्दछ भन्ने तथ्यांक छ ।  तर, अहिले चुरोटले गर्दा दम र क्यान्सर हुनेको संख्या घट्दै गइरहेको छ । किनभने मान्छे त्यति लामो समयसम्म बाँच्दै बाँच्दैन । चुरोट तथा सूर्तिजन्य पदार्थ सुरु गरेको एक वर्षमै, पाँच बर्षमै, सात बर्षमै वा दश बर्षमै उसलाई हृदयघात वा अरु कुनै समस्या भएर उसको मृत्यु भइहाल्छ ।

त्यसैले यतिवेला मुटु र रक्तनलीसम्वन्धी रोगहरु प्रमुख समस्याका रुपमा देखा परेको छ ।

निकोटिनयुक्त चुरोट तथा सूर्तिजन्य पदार्थको सेवनपछि यसको असर फोक्सो भएर जान्छ । र रक्तनलीको भित्तामा यसले विभिन्न किसिमको रियाक्सन पैदा गर्दछ ।

रक्त सञ्चालन प्रक्रियामा परिवर्तन आउँछ । रगतको क्लटिङ प्रक्रियामा परिवर्तन आउँछ । रक्तनलिहरुहरुलाई खुम्च्याउने प्रक्रियाहरु बढदै जान्छ । रक्तप्रवाह अवरोध पैदा हुने र हृदयघात हुने, क्लटिङ हुने सम्भावना हुन्छ ।

कहाँ कहाँ हुन्छ असर ?
हाम्रो शरीरको कुुन अंगमा रक्तनली छैन । जहाँ जहाँ रक्तनलि हुन्छ चुरोटको असर त्यहाँ त्यहाँ पुग्छ । खुट्टा काटने अवस्था हामी ‘ग्यागरिन’ भन्छौँ । मस्तिस्कघात, हृदयघात भन्छौँ । प्यारालाइसिस भन्दछौँ । यस्ता ठूला असर यही चुरोट तथा सूर्तिजन्य पदार्थको सेवनबाट हुने गर्दछ ।

बढी असर युवा पुस्तामा ?
पछिल्लो समय युवापुस्ता अझ त्यो भन्दा अघि किशोर किशोरीमा चुरोट सेवन गर्ने फेसन बढेको छ । दुर्भाग्यवस भनौ यसको यसको प्रमुख असर त्यहि पुस्तामा देखिन थालेको छ ।

अनुसन्धानले के देखाएको छ भने जव कसैलाई ५० वर्ष भन्दा कम उमेरमा हृदयघात भएर मृत्यु हुन्छ भने प्रमुख कारण चुरोट वा सूर्तिजन्य पदार्थ हो । रक्तचाप बढाउनमा चुरोट तथा सूर्तिजन्य पदार्थ मुख्य कारक हो । रक्तचापले गर्ने अन्य हानी, मस्तिस्कघात, मिर्गौला फेल आदि युवा पुस्तामा देखिएको छ ।

जति कम उमेरमा चुरोट सुरु गरियो त्यति नै बढी हृदयघातको खतरा बढी हुन्छ । अहिले २० खिल्ली चुरोट सेवन गर्नु पर्दैन । एक दुईवटा चुरोटले नै पनि हृदयघात गराउन सक्छ । यो विभिन्न रिसर्चले देखाएको छ ।

मैले के देख्छु भने चुरोट खाने व्यक्तिको जीवनमा कुनै न कुनै बेला हृदयघात हुन्छ हुन्छ । त्यो ८० बर्षमा होइन, ५० बर्ष वा ४० वर्ष वा ३० बर्षमै हुनसक्छ । १८ बर्षमा पनि हृदयकाता हुनसक्छ । त्यसैले चुरोट आजैबाट छोडौँ । आज तपाईँले फेसनका लागि शुरु गरेको चुरोट भोली लत बन्न सक्छ । तपाईँको मृत्यु वा अंगभंगको कारण बन्न सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *