एचआईभी एड्स संक्रमितको उपचारमा अभाव हुन दिइदैनः प्रम ओली


काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआईभी एड्सबाट संक्रमितको उपचारमा अभाव हुन नदिने बताएका छन् ।

३१ औं विश्व एड्स दिवशको अवसरमा एक सन्देश दिंदै प्रधानमन्त्री ओलीले एचआईभी संक्रमितलाई सरकारले निशुल्क औषधीको व्यवस्था गरेको स्मरण गराएका छन् ।

“नेपालमा एचआईभी संक्रमितहरुलाई सरकारले निशुल्क औषधीको व्यवस्था गरेको ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “सबै संक्रमितहरुमा यो सेवा पु¥याउन सरकारका स्वास्थ्य निकाय र एड्स विरुद्ध कार्यरत सबै संस्थाहरुलाई म आग्रह गर्दछु । सबै संक्रमितहरुले उपचार सेवा पाउनु पर्दछ ।”

एचआईभी एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकतामा हुने भन्दै प्रधानमन्त्री ओलीले त्यस तर्फ लाग्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

विकासका लक्ष्यहरुले स्वास्थ्य मानव समाजको परिकल्पना गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुत गतिमा अघि बढाउनु पर्नेमा सहो जोड दिएका छन् । यस अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *