यस्तो छ सरकारले कार्यान्वयनमा ल्याउन लागेको मदिरा नियन्त्रण सम्वन्धी आदेश

काठमाडौँ, १२ मंसिर । सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ । जनस्वास्थ्य, शान्ति सुरक्षा र अमनचयनमा नकारात्मक असर पार्ने भन्दै यसको उत्पादन, विक्री सेवन तथा विज्ञापनमा कडाई गर्न लागेको हो ।

मदिराजन्य पदार्थ नियन्त्रण गर्न कानून बन्ने प्रक्रियामा रहेपनि यसको अन्तिम अवस्थामा पुग्न केही समय लाग्ने भन्दै गृहमन्त्रालयले तत्कालका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने तयारी गरेको छ ।

गत साता मन्त्रिपरिषदमा पेश भइसकेको आदेश मस्यौदा अनुसार इजाजत प्राप्त बिक्रेताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन् । यस्तै ‘इजाजतपत्र प्राप्त होटल, लज, बार तथा रेस्टुरेन्टले बेलुकी ५ देखि १० बजेसम्म मात्र मदिरा बिक्री वितरण तथा सेवन गराउन पाउने छ,’ उल्लेख छ ।

होटल, लज, रिसोर्ट, बार, रेस्टुरेन्टको बाहिरी भागमा बसेर मदिरा सेवन गर्नरगराउन नपाउने व्यवस्था गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को प्रतिवेदन २०१४ले नेपालमा मदिराको सेवनदर महिलामा ८ र पुरुषमा २७ प्रतिशत रहेको उल्लेख छ ।

हेरौँ गृहमन्त्रालयले मन्त्रिपरिषदमा पठाएको मदिरा नियन्त्रण सम्वन्धी आदेश मस्यौदाको अंश

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *