मुटु र जीवनको नाता : डा. प्रकाशको कविता

डा. प्रकाशराज रेग्मी – बरिष्ठ मुटुरोग विशेषज्ञ 

मुटु स्वस्थ भए जीवन सुखी बन्छ
मुटु बलियो भए जीवन सशक्त बन्छ
मुटु नियमित धड्किए जीवन संगीतमय बन्छ
मुटु हाँसे जीवन हाँस्छ
मुटु रोए जीवन रुन्छ ।

चूरोट तान्यो जीवन छोट्टिन्छ
घिरौलो खाए जीवन लम्बिन्छ
आइसक्रिमले जीवन पग्लिन्छ
स्याउ र केराले जीवन लम्बिन्छ ।

जस्तो थप्यो तेस्तै बन्छ……

सूर्ति थप्यो क्यान्सर र हार्ट अट्याक बन्छ
नून थप्यो प्रेशर बन्छ
रक्सी थप्यो धड्कन गडबड बन्छ
टेन्सन थप्यो हाईपरटेन्सन बन्छ ।

हो जस्तो थप्यो तेस्तै बन्छ …..

लौका थप्यो जीउ स्लिम बन्छ
लसून थप्यो रगत पातलो बन्छ
हरियो तरकारी र फलफूलले रोग जती चिलिम बन्छ
आत्म सन्तोष र प्रशन्नता थपे जीवन झिलिमिली बन्छ ।

त्यसैले साथी म भन्छु, मुटुमा ….

आलुको सट्टा लौका थपौं
चिनीको सट्टा लसून थपौं
मैदाको सट्टा केरा र स्याउ थपौं
नूनको सट्टा जीरा मरिच थपौं ।

यस्तै गरि ………

सूर्तिको सट्टा त्रिफला थपौं
रक्सीको सट्टा फलफूलको रस थपौं
अल्छीपनाको सट्टा सक्रियता थपौं
लोभीपनाको सट्टा उदारमन थपौं ।

किनकी ……………
जस्तो थप्यो त्यस्तै बन्छ
जस्तो बनायो त्यस्तै बन्छ
लम्ब्यायो लम्बिन्छ, छोट्यायो छोट्टीन्छ ।

मुटु र जीवनको नजिकको छ नाता
मुटुमा रोग थपे जीवन दुःखी बन्छ
मुटुमा उर्जा थपे जीवन उर्जावान बन्छ
मुटुमा उर्जा थपे जीवन सशक्त बन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *