नेप्लीज नर्सिङ एसोसिएशन यूकेको अध्यक्षमा विनोदविकास सिम्खडा निर्वाचित

काठमाडौँ, ९ मंसिर । नेप्लीज नर्सिङ एसोसिएशन यूकेको अध्यक्षमा विनोद विकास सिम्खडा निर्वाचित भएका छन् । शनिबार लण्डनमा सम्पन्न निर्वाचनमा ६० मत प्राप्त गर्दै सिम्खडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष पदकी अर्की उम्मेद्धवार इन्दिरा बस्यालले ३३ मत प्राप्त गरेकी थिइन ।

एसोसिएशनको उपाध्यक्ष पदमा सुनिता गौतम ( थापा) निर्वाचित भएकी छन् । महासचिवमा रस्मिता सिंह दर्लामी, सास्कृतिक सचिव राफी श्रेष्ठ, कोषाध्यक्ष विनु लामिछाने, सहकोषाध्यक्ष आज्ञा खनाल निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा अञ्जना सापकोटा, रञ्जना केसी अधिकारी, कल्पना घिमिरे, ज्ञानु अधिकारी, शोभा बोहोर, सरिता रिजाल र राजत्री पाण्डे थापा निर्वाचित भएका हुन् । बाँकी दुई जना सदस्य पछि मनोनित गर्ने बताइएको छ । दुई बर्षे कार्यकाल रहने यो समितिमा अध्यक्ष बाहेक सबै पद निर्विरोध भएको थियो ।

निर्वाचनमा एसोसिएशनका कुल १३७ मध्ये ९३ जना सदस्यले मतदान गरेका थिए ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित पर्यवेक्षक सोलिसिटर राजु थापाले शपथग्रहण गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *