बद्रीबहादुर खड्काको नेतृत्वमा स्वास्थ्य प्रबर्द्धन तथा शिक्षा संघ नेपालको नयाँ कार्यसमिति

काठमाडौँ, ८ मंसिर । स्वास्थ्य प्रबर्द्धन तथा शिक्षा संघ नेपालको  अध्यक्षमा बद्रीबहादुर खड्का निर्वाचित भएका छन् । राजधानीमा आज सम्पन्न पाँचौँ अधिवेशन तथा साधारण सभाले खड्काको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा हेमन्त शर्मा पौडेल, महासचिवमा सरोज न्यौपाने सचिव नवराज कंडेल र कोषाध्यक्षमा विजय श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा गणेश श्रीवास्तव, राम श्रेष्ठ, रागिश्री कक्षपति थलिन्द्र पंगेनी विनोद अर्याल र भरत कुँवर निर्वाचित भएका छन् ।

दुई बर्षे कार्याकालका लागि चुनिएको नयाँ कार्यसमिति स्वास्थ्य शिक्षा प्रबर्धनका गतिशिल भएर अघि बढ्ने नव निर्वाचित अध्यक्ष खड्काले बताए ।

संघमा २५० बढी सदस्य छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *