आफैले लेखेको ‘आक्रामक राजिनामा पत्र’ आफैद्धारा खण्डन

काठमाडौँ, ७ मंसिर । वीर अस्पतालका न्युरो सर्जन प्राडा ध्रुबराज अधिकारीले तीन दिन अघि आफैले लेखेको ‘आक्रामक राजिनामा पत्र’ को आफैले खण्डन गरेका छन् । राजिनामा पत्रको विषयमा सोही दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती आएपछि रक्षात्मक अवस्थामा पुगेका डा. अधिकारीले बिहिबार (हिजो)को मितिमा अर्को विज्ञप्ती प्रकाशित गर्दै माफी समेत मागेका छन् । विज्ञप्तीमा उनले कानुनी प्रकृया र प्रशासनिक विषयबस्तुको अज्ञानताका कारण यी सबै समस्याको सिर्जना भएको बताएका छन् । उमेर हदका कारण साढे तीन महिना पछि ( आगामी २० फागुनमा) अनिवार्य अवकाश पाउदै गरेका डा. अधिकारीको गत ३ मंसिरमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई सम्वोधन गरिएको राजिनामा पत्र सावजनिक भएको थियो । चाकडी र घुसको रकम पु¥याउन नसकेकोले राजिनामा भन्दै लेखिएको पत्रमा आफूलाई रिक्त रहेको वीर अस्पतालको दरबन्दीमा पोष्टिङ नगरेको उल्लेख थियो । लगत्तै मन्त्रालयले बढुवा पछि पोखरा पोष्टिङ भएका डा अधिकारीले हाजिर हुन जान नमानेको कारण समस्या सिर्जना भएको विज्ञप्ती जारी गरेको थियो । बिहीबार प्रकाशित विज्ञप्तीमा पोखरामा भएको आफ्नो पदस्थापनामा त्यसैबेला रमाना लिइ हाजिर हुनुपर्नेमा कानुनी प्रक्रिया र प्रशासनिक विषय बस्तुको अज्ञानतावस उक्त अस्पतालमा हाजिर हुन नगएको उल्लेख छ । डा अधिकारीले उपप्रधानमन्त्री यादवलाई लेखेको राजिनामा पत्रमा घुस मागेको र चाकडीको कुरा मुख्य रुपमा उल्लेख गरेपनि आजको विज्ञप्तीमा को व्यक्ति भनेर उल्लेख नगरेको भन्दै आफ्नो बचाउको प्रयास गरेका छन् । उनले आफ्नो कारणले उपप्रधानमन्त्री यादवको छवी र गरिमामा असर पुगेको भन्दै क्षमा मागेका छन् । यस्तो थियो उनको राजिनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसरी खण्डन गरेको थियो डा . अधिकारीले हिजो जारी गरेको विज्ञप्ती यस्तो छ 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *