चिकित्साशास्त्र तर्फका १ हजार ५५५ जना विद्यार्थी दिक्षित हुँदै

काठमाडौँ, ६ मंसिर । काठमाडौं विश्वविद्यालयले चिकित्साशास्त्र तर्फका १ हजार ५५५ जना विद्यार्थीलाई दीक्षित गर्ने भएको छ ।

आगामी ७ मंसिरमा हुने २४औँ दीक्षान्त समारोहमा एमबिबिएस ९६९, बिडिएस १६६, बिएस्सी नर्सिङ १८२, बिएनएस १८, बिपिटी २२, एमडी, एमएस, एमडिएस, एमएस्सी, डिएम र एमसिएच १९८ जना दीक्षित हुँदै छन् ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन डा. राजेन्द्र कोजुका अनुसार अहिलेसम्म चिकित्साशास्त्र तर्फका १२ हजार २ सय ३६ जना विद्यार्थी दीक्षित भइसकेका छन् ।

विसं ०५१ सालबाट मेडिकल शिक्षा सुरु गरेको काठमाडौं विश्वविद्यालयले अहिलेसम्म एक हजार जना बढीलाई छात्रावृत्तिमा अध्ययन गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *