के हो सीओपीडी ? यसबाट कसरी जोगिने ?

- नेपाली हेल्थ

सीओपीडी (क्रोनिक अब्सट्रक्टीभ पल्मोनरी डिजिज)अर्थात दीर्घ दम खोकीको रोग भनेर पनि चिन्दछौँ ।

– डा. नीरज बम

संसारभरको तथ्यांक केलाउदा सीओपीडी ज्यानलिने प्रमुख रोगहरुमध्येको छैटौ नम्बरमा पर्दछ । तर विश्व स्वास्थ्य संगठनले अहिलेको अवस्थामा व्यापक सुधार गर्न सकिएन भने सन् २०२० सम्ममा यो ज्यान लिने प्रमुख रोगहरुको तेस्रो नम्बरमा आउन सक्छ भनेर चेतावनी दिएको छ । अहिले विश्वमा बार्षिक करीब ३० लाख मानिसको ज्यान सीओपीडीबाट जाने गरेको तथ्यांक छ ।

नेपालको एकीन तथ्यांक छैन तर त्रिवि शिक्षण अस्पतालको तथ्यांकलाई आधार मान्ने हो भने आकस्मिक कक्षबाट भर्ना हुने विरामीमध्ये ४० देखि ५० प्रतिशत बिरामी सिओपीडीकै हुने गर्दछन् । यसले पनि थाह हुन्छ कि सीओपीडीको अवस्था नेपालमा पनि कति भयावह रहेछ ।

सीओपीडी कस्ता व्यक्तिलाई हुने सम्भावना हुन्छ ?

सीओपीडी दीर्घ खालको रोग हो । संसारका कतिपय विज्ञहरुले सीओपीडीको खतरा ४० बर्ष पछिका व्यक्तिहरुलाई हुने बताउने गरेका छन् । तर नेपालको बास्तविकता हेर्ने हो भने ३५ बर्षकै कतिपय व्यक्तिमा सीओपीडीको समस्या पाइएको छ ।

यस्ता व्यक्तिहरु जसले जीवन भर चुरोटको सेवन गरेका छन्, यस्ता व्यक्तिहरु जो लामो समय देखि घरभित्र दाउरा /गुईठा बालेर चुल्होचौकोमा खटिने गरेका छन् अर्थात बढी धुँवामा बसेका त्यस्ता व्यक्तिलाई यो रोग बढी देखिने गरेको छ ।

त्रिवि शिक्षण अस्पतालकै तथ्यांक हेर्ने हो भने सीओपीडी भएकामध्ये ८० प्रतिशतलाई चुरोट सेवनकै कारण भएको पाइएको छ ।
अझ स्पष्ट ढंगले भन्नुपर्दा लामो समय देखि चुरोट सेवन गर्ने पुरुष तथा महिलाहरु, घरभित्र दाउरा तथा गुइठा बालेर खाना पकाउने गृहणीहरु, कोइला तथा सिमेन्ट कारकाखानामा काम गर्ने अर्थात धुलोमा काम कामदारहरुमा यो रोग बढी देखिएको छ ।

त्यसबाहेक सानै देखि निमोनिया तथा छातीको इन्फेक्सन भइरहने व्यक्तिहरु, धुलो धुवामा काम गर्ने, सिमेन्ट, कोइला, ईँटा कारखानामा काम गर्ने व्यक्तिहरुमा पनि यो समस्या बढी देखिने गर्दछ । केहीलाई भने बाताबरणीय प्रदुसणले पनि यस्तो समस्या भएको पाइएको छ ।

smoker

कसरी हुन्छ सीओपीडी ?

फोक्सोमा दुईवटा ठूला स्वास नलि गएका हुन्छन् । त्यो फोक्सोमा पुगिसकेपछि स साना नलिमा विभक्त भएका हुन्छन् । हामीले सास फेर्दा स्वाससंगै जाने धुलो धुवाका कणहरुले स साना नलिका भित्रहरुमा गएर टासिन्छन् । यो बढ्दै गएपछि ससाना नलिका भित्ताहरुमा क्रोनिक इन्फ्लामेसन हुन्छ अर्थात सुन्निन थाल्छन् ।

जुन स्वास जाने बाटो हो त्यो झन झन साँघुरो हुँदै जान्छ । साँघुरो भएपछि सास फेर्न गाह्रो हुँदै जाने । स्वास नलिमा संक्रमण हुने, बारम्बार संक्रमण भएपछि स्वास नलिमा समस्या हुने र त्यहिबेला उत्पादन हुने विभिन्न खालका हर्मोन थप जटिलता ल्याउन थाल्दछ । स्वास नलि साँघुरो भएपछि स्वासप्रस्वासमा समस्या हुन्छ र छातीमा घर्यार  घर्यार  पनि आउन थाल्छ ।

अर्थात सलर भाषामा भन्नुपर्दा भन्नुपर्दा फोक्सोमा भएका ससाना स्वास नलिहरु धुलोबाट टालिन्छ जसले सीओपीडी हुन्छ ।

कसरी थाह पाउने सीओपीडी ? लक्षणहरु के के हुन् ?

  • ३५-४० को उमेर पछि खोकी लाग्न सुरु हुन्छ ।
  • धेरै दिन अर्थात धेरै हप्तासम्म खोकी लागि रहन्छ ।
  • त्यसपछी बिस्तारै छाती घर्यार  घर्यार  हुन्छ ।
  • स्वास फुल्न थाल्छ ।
  • रातीमा सुत्दा स्वास फेर्न समेत अप्ठेरो हुन्छ ।
  • खोक्दा पहेलो खकार आउछ
  • भरर्याङको दुई चार खुड्किलो चढ्दा पनि समस्या हुन्छ ।

कसरी जोगिने सीओपीडी बाट ?

  • धूमपान अर्थात चुरोट सेवन गर्दै नगर्ने, धुवाँ धुलोमा नबस्ने
  • दाउरा गुईठा बाल्ने घरमा धुवाँ जाने भेन्टिलेसन बनाउने
  • बाहिर धुलोमा हिँड्दा मास्कको प्रयोग गर्ने
  • घर वरिपरि रुख बिरुवा रोप्ने हरियालि कायम गर्ने
  • लगातार खोकी लाग्यो, छाती घ्र्यार घ्र्यार भयो, सास फुलेजस्तो भयो भने तत्काल डाक्टरकहाँ देखाउने ।normal-and-abnormal

सीओपीडीको बिरामीका लागि नेपालमा उपचारको व्यवस्था कस्तो छ ?

सीओपीडी नियन्त्रण हुन्छ, निर्मुल हुँदैन । सीओपीडी भएका बिरामीका लागि नेपालमा स्तरीय उपचार सेवा छ । सबै खालका प्रविधि र औषधिहरु नेपालमा आइसकेका छन् ।

निको नहुने तर नियन्त्रण गर्न सकिने भएकोले सीओपीडी भएकालाई ब्रोन्को डाइल्यार्टल टाइपको औषधिहरु दिने गर्छौँ । अर्थात जीवन बाच्न सजिलो बनाई दिन्छौँ ।

ब्रोन्कोडिल्यार्टल औषधि प्रयोग गर्छौ । यसमा खाने भन्दा पनि तान्ने औषधिहरु बढी हुन्छ अर्थात रोटा हयालोटर टाइपको औषधिहरु डाईपाउडर इन्ह्यालरहरु हुन्छ । जस्तै क्याप्सुल र मिटरडोज इन्हयालरहरु लिन सकिन्छ ।

सीओपीडीका बिरामीहरुका लागि घरमै लगेर अक्सिजनको व्यवस्थगर्न सकिन्छ । सीओपीडीको समयमै उपचार हुन सकेन भने अक्सिजन लगाउन पर्ने अवस्था हुनसक्छ । त्यसैले नेबुलाइजर मेसिन किनेर, अक्सिजन घरमै लगेर अप्ठेरो भएको बिरामीले घरमै लिन सकिन्छ ।

अक्सिजन चाहिने अवस्था भनेको फोक्सो कमजोर हुने अवस्था हो । त्यसैले हरेक दिन १५ १६ घण्टा अक्सिजन लगाउनु पर्नसक्छ । सीओपीडीका बिरामीका लागि अक्सिजन घरमै लगेर राख्न मिल्छ ।

त्यस्तै सीओपीडीका बिरामीको परिबारले पल्स अक्सिमिटर लिएर राख्न सकिन्छ । किनकी पल्सको अवस्था ९० भन्दा माथि मेन्टन गर्नुपरयो ।
कहिलेकाँही फ्रोफाइलाइटिक एन्टबिायोटिकहरु पनि चलाउनुपर्ने हुन्छ ।

त्यस्तै लेटेष्ट छ सुई छ इन्फुलेन्जा र निमोनियाको सुई छ त्यसको पनि प्रयोग गर्न सकिन्छ । निमोनियाको सुई जीवनमा एक पटक लगाए हुन्छ तर इन्फुलेन्जाको सुई बर्षमा एक पटक लगाउनुपर्छ ।

त्यस्तै सीओपीडीका विरामीहरलाई पल्मोनरी रिहावलेटेसन थेरापीहरु पनि गर्ने गर्छौ जसले छातीको छातीको व्यायम हुन्छ ।
सीओपीडीका बिरामीले प्रोटिनयुक्त खाना खानुपर्छ ।

  • डा. बम त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) पल्मोनरी एण्ड क्रिटिकल केयर मेडिसिन विभागका उप-प्राध्यापक हुन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *