राजिनामा पत्र : डा. अधिकारी माथि नै ‘ब्याक फायर’?

काठमाडौँ, ४ मंसिर । आक्रामक शब्द प्रयोग गरी लेखिएका राजिनामा पत्र बुझाएर एकाएक चर्चित बनेका न्युरो सर्जन प्राडा ध्रुबराज अधिकारी स्वास्थ्य मन्त्रालयको विज्ञप्ती पछि भने रक्षात्मक स्थितिमा पुगेका छन् ।

राजिनामा पत्रकै कारण दिउसोसम्म ‘वाह वाही’ पाएका अधिकारीलाई मन्त्रालयको विज्ञप्ती पछि कानुन (स्वास्थ्य सेवा ऐन) नमान्ने डाक्टर भन्न थालेका छन् ।

डा अधिकारीले सोमबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई बुझाएको राजिनामा पत्रको विषयमा नै ‘चाकडी र घुसको रकम पुर्याउन नसकेकोले राजिनामा’ भन्ने उल्लेख थियो ।

सो राजिनामा पत्र सार्वजनिक भएसंगै डा अधिकारी एकाएक चर्चित बनेका थिए । उनको पत्रले स्वास्थ्य क्षेत्रभित्रको बेथिति र बिकृति उदांगो भएको भनिएको थियो । तर त्यो चर्चा २४ घण्टा पनि टिक्न सकेन जब मन्त्रालयले विज्ञप्ती सार्वजनिक गरयो ।

विज्ञप्तीका अनुसार गतवर्ष नवौँ तहमा बढुवा भएपछि अधिकारीलाई स्वास्थ्य मन्त्रालयले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदस्थापन गरेको थियो । तर अधिकारी पोखरा एक दिन पनि नगई वीरमै काजमा रहेर काम गरेका थिए ।

विज्ञप्तीमा स्वास्थ्य सेवा ऐनले बढुवा पछिको पदस्थापन भएको ठाँउमा एक पटक पनि हाजिर नभई सरुवा गर्न नमिल्ने र प्राडा अधिकारीलाई सो बारेमा पटक पटक जानकारी गराउँदा अवज्ञा गरेको उल्लेख छ ।

ऐन नै नमानी आफ्नै अडानमा बस्नुले डा अधिकारीको समेत उत्तिकै गल्ती भएको जानकारहरु बताउँछन् ।

त्यसो त डा अधिकारी उमेर हदका कारण आगामी २० फागुन अर्थात डेढ महिना पछि अनिवार्य अवकाश पाउँदै गरेको निजामती किताव खानाको विवरणमा उल्लेख छ ।

कडा शव्दमा राजिनामा पत्र लेखेको भन्दै हिजो बेलुका देखि नै चर्चा बटुलेका डा अधिकारीलाई आज अपरान्ह मन्त्रालयको पत्रले व्याक फायर गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *