सरुवा सम्पन्न गर्न एक दुई हप्ता लाग्न सक्छ : महानिर्देशक डा. लोहनी

डा. गुणराज लोहनी, महानिर्देशक स्वास्थ्य सेवा विभाग

कात्तिक महिनामा हुनुपर्ने सरुवा विभागले मंसिरमा गरिरहेको भन्ने कुरा उठेको छ नि ?

हो, हामीले केही समूहको सरुवा कात्तिक महिनामा निर्णय गरयौँ । केही मंसिर महिनामा गर्नुपर्ने अवस्था आएको छ । समायोजन ऐन आउन ढिलाई हुँदा यस्तो भएको हो ।

कात्तिकको निर्णय भन्दै स्टाफ नर्सको सरुवा लिष्ट सोमबार (हिजो) प्रकाशित भयो, अब अरु लिष्ट प्रकाशित हुन्छ कि हुँदैन ?
हुन्छ । क्रमस हुँदै जान्छ । समूह मिलाएर हामीले केही दिनको ग्यापमा सरुवा लिष्ट प्रकाशित गर्ने योजनामा छौँ ।

भनेपछि सरुवा सम्पन्न गर्न अझै एक दुई दिन लाग्छ कि  ?
एक दुई दिन होइन एक दुई साता नै लाग्न सक्छ । किनभने यसपटक सरुवाका लागि धेरै निवेदन आएको र विगतका सरुवामा केही कमजोरी समेत भएको हुँदा यसपटक त्यस्तो कमजोरी नहोस भन्नका हामीले हतारमा काम गरेका छैनौँ ।

सरुवा गर्ने संख्या चाहि कति हो ?
अहिल्यै नै एकिन भन्ने अवस्था छैन । हामीले समूह समूह मिलाएर सरुवा गर्ने योजना गरेका छौँ । त्यसैले संख्या ठ्याक्कै यति भन्ने अवस्था छैन । यद्धपी संख्या केही ठूलो हुन्छ कि जस्तो छ ।

अहिले यति ठूलो संख्यामा सरुवा गर्दै रहँदा समायोजन ऐन आयो भने के हुन्छ ?
केही हुँदैन । सरुवा रोकिन्छ । र सो ऐन अनुसार काम होला ।

अब सरुवाको अर्को लिष्ट आज निस्कँदै छ ?
आजै त नहोला की सम्भवत भोलितिर निस्केला कि । किनभने हामीले सम्वन्धीत कार्यालयमा चिठी पठाएर मात्रै लिष्ट सार्वजनिक गरेका छौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *