एमपीएचका विद्यार्थीद्धारा डीनको कार्यालयमा तालाबन्दी

काठमाडौँ, ४ मंसिर । आफूहरुको ७२ घण्टे अल्टिमेटमको सुनुवाई नगरेको भन्दै पोखरा विश्वविद्यालयमा अध्ययनरत एमपीएचका विद्यार्थीहरुले विश्वविद्यालय अन्तरगर्तको स्वास्थ्य विज्ञान संकाय, डीनको कार्यालयमा अनिश्चित कालिन तालाबन्दी गरेका छन् ।

नोवेल कलेजले फागुनमा लिनुपर्ने विद्यार्थी भर्ना कात्तिकमै खुला गरेको र विद्यार्थीहरुको भविस्यमाथि खेलवाड गरेको भन्दै कारवाही गर्न माग गरेका थिए ।

उनीहरुले प्रवेश परीक्षा विश्वविद्यालय स्वयंले लिनुपर्ने समेत माग राखेका थिए । सो मागको सुनुवाई नभएको भन्दै आफूहरुले तालाबन्दी गरेको विद्यार्थी राजेश यादवले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *