त्रिवि शिक्षण अस्पतालको निर्देशकका लागि तीन जनाको नाम सिफारिस, सूचीमा थिए यी दश जना

काठमाडौँ, २ मंसिर  । शिक्षण अस्पताल महाराजगञ्जमा रिक्त रहेको कार्यकारी निर्देशकको नाम सिफारिस गर्न त्रिविद्धारा गठित सर्च कमिटिले तीन जनाको नाम छनौट गरेको छ । दश दिन अघि नै नाम छनौट गरेपनि कमिटिले आज मात्रै त्रिवि समक्ष नाम पठाएको हो ।
आज सिफारिस गरिएकामा पहिलो नम्बरमा प्राडा प्रेम खड्का, दोस्रो नम्बरमा प्राडा योगेन्द्रप्रसाद सिंह र तेस्रो नम्बरमा प्राडा सुशील सिल्पकार परेका छन् ।

त्रिवि कार्यकारीले यी तीनजना मध्येबाट एक जनाको नाम छनौट गर्नेछ ।

‘यसपटक विशुद्ध बरिष्ठताको आधारमा नाम सिफारिस गरिएको हो । शुरुमा बरिष्ठ मध्येबाट १० जनालाई बोलाइयो र छलफल गरियो । त्यसमध्ये ५ जनाले अनिच्छा प्रकट गर्नुभयो । त्यसपछि बाँकी पाँचमध्येबाट तीन बरिष्ठको नाम पठाइएको हो,’ ती सदस्यले भने ।

उनका अनुसार सिफारिसमा परेका तीन जना नै एकैदिन प्राध्यापकमा बढुवा भएको पाइएपछि शुरु नियुक्तिको आधारमा क्रमसंख्या तोकिएको हो ।

‘यसपटक राजनीतिक भागवण्डा केही हेरिएको छैन विसुद्ध बरिष्ठतामा हेरिएको छ,’ ती सदस्यले भने ।

अघिल्लो सर्च कमिटिले नाम सिफारिस गर्न असक्षम रहेपछि त्रिविले गत असोजको तेस्रो साता त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा नयाँ सर्च कमिटि गठन गरेको थियो । उक्त कमिटिमा प्राडा अभिमन्यू झा र सहप्राडा प्रदीप ज्ञवली सदस्य थिए ।

को को थिए बरिष्ठताको सूचीमा ?
सर्च कमिटिका ती सदस्यका अनुसार बरिष्ठताको पहिलो नम्बरमा प्राडा गीता सायमी, दोस्रो नम्बरमा प्राडा ज्योति शर्मा बराल, तेस्रो नम्बरमा प्रेम खड्का र चौथो नम्बरमा प्राडा योगेन्द्रप्रसाद सिंह परेका छन् । त्यस्तै प्राडा सुनील चन्द्र झा, प्राडा मिता सिंह, प्राडा सुशील सिल्पकार, प्राडा प्रदीपकृष्ण श्रेष्ठ, प्राडा प्रदीप बैद्य, प्राडा तुलसी कंडेल रहेका छन् ।

ती मध्ये प्राडा सायमी र प्राडा शर्मा कंडेलले निर्देशक बन्न अनिच्छुक भएपछि तेस्रो नम्बरका प्राडा खड्का, चौथो नम्बरका सिंहको नाम आएको हो । पाँचौँ र छैटौँमा रहेका प्राडा झा र प्राडा सिंह पनि अनिच्छुक देखिएपछि प्राडा सिल्पकार सूचीमा परेका हुन् ।

डा गोविन्द केसीको माग पनि बरिष्ठताको आधारमा होस भन्ने नै हो । हामीले त्यहि गरयौँ । यसमा पूर्व पदाधिकारीहरुलाई समावेश गरेनौँ । नयाँलाई अवसर दिन खोज्यौँ । प्राध्यापक हुँदा जो सिनियर छ त्यसैको आधारमा यो सूची तयार भएको हो ।

अघिल्लो पटक चर्चामा यसपटक गुमनाम
अघिल्लो सर्च कमिटिले नाम सिफारिस गर्ने बेलामा प्राडा वाईपी सिंह, प्राडा ईश्वर लोहनी, प्राडा दिनेश काफ्ले, प्राडा प्रदीप बैद्य लगायतका नाम चर्चामा थिए । यसपकट प्राडा लोहनी र प्राडा काफ्लेको नाम छलफलको सूचीमै परेन ।

‘हामीले अरु हेरिएन सिनियारिटी मात्रै खोजियो । त्यसमा उहाँहरुको रोलक्रम अलि तल रहेछ । त्यसैले उहाँहरु पर्नु भएन,’ ती सदस्यले भने ।

गत ४ साउन देखि लागू हुने गरी तत्कालिन निर्देशक प्राडा दीपक महराले राजिनामा दिएपछि अहिले निमित्त निर्देशकको जिम्मेवारी सहायक डीन मन्दिरा वन्तले पाएकी छन् ।

यो पनि हेर्नुहोस्……..

त्रिवि शिक्षण अस्पतालको निर्देशकका लागि तीन जनाको नाम पठाउँदै सर्च कमिटि

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *