नर्भिक अस्पताल ‘द बिज अवार्ड’ प्राप्त गर्न सफल

काठमाडौँ, १ मंसिर । नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड’ प्राप्त भएको छ ।

दी वल्र्ड कन्फडेरेशन अफ बिजिनेश (वल्र्डकव) नामक संस्थाले प्रदान गरेको उक्त पुरस्कार  राजधानीमा आयोजित एक विशेष समारोहमा हस्तान्तरण गरियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलस काफेरोले नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीलाई सो अवार्ड प्रदान गरे ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले २५ वर्षदेखि स्तरीय स्वास्थ्य सेवा प्रवाहमा क्रियाशील नर्भिक अस्पतालले नवीनतम् प्रविधि, सेवाको गुणस्तर, स्तरीय व्यवस्थापन एवम् नेपालीलगायत अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरुलाई पु¥याउँदै आएको विश्वस्तरीय स्वास्थ्य सेवाका लागि पुरस्कार प्राप्त गरेर देशको प्रतिष्ठा बढाएको बताए ।

जनसाधारणलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै उनले मधुमेहलगायत नसर्ने रोगको उपचारमा पनि नर्भिक अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री यादवले स्वास्थ्य उपचारमा अर्बौ रुपैयाँ विदेशिने गरेका बेला नर्भिकले अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराएर केही हदसम्म भए पनि राष्ट्रको रकम बाहिरिनबाट जोगाएको बताए ।

सरकारी निकायका उच्चपदस्थ व्यक्ति तथा राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्तित्वहरु राज्यकोषबाट रकम लिएर विदेशमा उपचार गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले जनस्वास्थ्य ऐन जारी गरेको उनले बताए । आँखा उपचारको क्षेत्रमा पनि नेपालले उपलब्धि हासिल गरेको चर्चा गर्दै नेपालका चिकित्सक एवं नर्भिकजस्ता निजी क्षेत्रका अस्पतालले अब्बल सेवा प्रवाह गर्दै आएका बताए।

नर्भिक अस्पतालका सद्भावनादूत कलाकार हरिवंश आचार्यले राज्यकोषको स्वास्थ्यलाई रोगरहित तुल्याउन नर्भिक अस्पतालले थोरै भए पनि उपचारका नाममा विदेशिने ठूलो धनराशि जोगाएको बताए । नर्भिकका प्रबन्ध निर्देशक चौधरीले पुरस्कारले समग्र मुलुकको मनोबल बढाएको तथा आफूहरुलाई अझ स्तरीय सेवा प्रवाह गर्न प्रेरणा मिलेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *