जनकपुर अञ्चल अस्पताल परिसरमा प्रसूतिगृहको शिलान्यास

धनुषा, १ मंसिर । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने बताएका छन् ।

अमेरिकी सरकारको सहयोगमा जनकपुर अञ्चल अस्पताल परिसरमा निर्माण हुन लागेको प्रसूतिगृहको  शिलान्यास गर्दै उपप्रधानमन्त्री यादवले अस्पताललाई स्तरोन्नति गर्नुपर्ने बताए । उनले विभिन्न विशेषज्ञ सेवा सञ्चालनको प्रयाससमेत भइरहेको जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले भने, “प्रादेशिक स्तरको आयुर्वेद अस्पतालसमेत जनकपुरमै निर्माण गर्न लागिएको छ । जनकपुरको सरसरफाइमा सुधार ल्याउन जनकपुरवासीसँग आग्रह गर्दछु ।”

आठ करोडको लगानीमा निर्माण हुने सय श्ययाको प्रसूतिगृहमा उच्चस्तरको सेवा प्रदान गरिने अस्पतालका मेसु रामपरीक्षण यादवले बताए । भवनसहित अन्य उपकरण र सुविधाका लागि अमेरिकी सरकारले एक अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको बताइएको छ । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवलकिशोर साह तथा अमेरिकी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *