रोटा भाइरस विरुद्धको खोप नै आएन

  • सम्झौँता गरेको कम्पनीले खोप पठाउने बेलामा चिठी पठायो
  • - नेपाली हेल्थ

    काठमाडौँ, २९ कात्तिक । रोटा भाइसर विरुद्धको खोप सञ्चालनमा ढिलाई हुने भएको छ । खोप ‘सप्लाई’ गर्ने जिम्मा लिएको बेल्जीयन कम्पनी ग्ल्याक्सो स्मिथ क्लाइन फर्मास्युटिकल्स (जीएसके)ले अन्तिम समयमा हात झिकेपछि खोप सञ्चालनमा ढिलाई हुने भएको हो ।

    यसअघि ग्लोबल एलायन्स फर भ्याक्सिनेशन एण्ड इमुनाइजेशन (गाभी)संग जीएसकेले नेपालका लागि १२ लाख भाइल ‘रोटा रिक्स’ खोप पठाउने सम्झौँता गरेको थियो । तर अन्तिम समयमा आएर उक्त कम्पनीले खोप पठाउन नसकिने जानकारी दिएको हो ।

    ‘हामीले यहि डिसेम्बर मंसिर पुसबाट यो खोप शुरु गर्दै थियौँ । तर अन्तिम समयमा आएर खोप दिन्छु भन्ने कम्पनीले सक्दिन भन्यो । अब अर्को कम्पनीसंग खोप ल्याउने तयारी गर्नुपर्छ । त्यसैले निर्धारित समयमा कार्यक्रम शुरु हुने भएन,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्त खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भने ।

    सरकारले यसैपटक देखि बालबालिकाको मृत्युको मुख्य कारक तत्वमध्येको एक झाडा पखला र झाडा पखला गराउने मुख्य तत्व रोटाभाइरस विरुद्धको खोप ‘रोटा रिक्स’ राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्दै थियो । यो खोप समावेश भएपछि राष्ट्रिय खोप कार्यक्रममा १२ वटा खोप समावेश हुने थियो ।

    डा. गौतमका अनुसार यो खोप एक बर्ष भित्रका बालबालिकालाई ६ हप्ता र १४ हप्ता उमेर समूहमा दिइने गरिन्छ । ‘यो खोप १ बर्ष मुनि उमेर समुहका ६ लाख ३० हजार बालबालिकालाई दिने योजना थियो,’ उनले भने ।

    ‘डिसेम्बर महिनाबाट रोटाभाइरस विरुद्धको खोप चलाउने नीतिगत निर्णय गरेको सरकारले खोप नआउने भएपछि अरु कम्पनीसंग समन्वय गरेर भएपनि खोप सुरु गर्ने योजनामा छ । यसबारेमा राष्ट्रिय खोप समन्वय सल्लाहकार समितिको बैठक बस्दैछ । चाडै नै यसबारे थप तयारी हुनेछ,’ डा. गौतमले भने ।

    थप समाचार

    Loading...

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *