सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री परिवर्तन : सोडारी गए सुवेदी आए

- नेपाली हेल्थ
नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदी

काठमाडौँ, २७ कात्तिक । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारी पदबाट बर्खास्त भएका छन् । मुख्य मन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्रीको रुपमा कृष्णराज सुवेदीलाई सपथ गराएका छन् ।

नेकपाका सूदुरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा सोडारीलाई बर्खास्त गरिएको बताइएको छ । यसअघि उनका गतिविधिलाई लिएर पार्टी भित्र आलोचना बढदै गएको थियो । एक पछि अर्को विवादित घटना बाहिर आउन थालेपछि केन्द्रको निर्देशनमा सोडारी पदमुक्त भएको बताइन्छ ।

तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *