चिकित्सकलाई ‘लाइसेन्स’ मात्रै होइन अब ‘सीपीडी’ पनि अनिवार्य

काठमाडौँ, २७ कात्तिक । चिकित्सकले बिरामी जाँच गर्न अब लाइसेन्सले मात्रै प्रयाप्त नहुने भएको छ । उनीहरुले अब लाइसेन्स संगै सीपीडी ( कन्टिन्युअस प्रोफेसनल डेभलपमेन्ट) तालिम अनिवार्य रुपमा लिएको हुनुपर्ने छ ।

नेपाल मेडिकल काउन्सिलले अबको करीव तीन महिना भित्र सीपीडी कार्यक्रम शुरु गर्दैछ । त्यसका लागि काउन्सिलले अहिले पाठ्यक्रम तयार गरि प्रशिक्षक प्रशिक्षणको कार्यक्रम शुरु गर्न थालेको छ ।

काउन्सिल अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले अबको तीन महिना भित्र सीपीडी कार्यक्रम शुरु गर्ने बताए । त्यसको अन्तिम तयारी अहिले आफूहरुले गरिरहेको जानकारी दिए । ‘यो कार्यक्रम लागू गर्न आवश्यक तयारी करीब करीब पुरा भएको छ । अब छिटै लागू हुन्छ । दुई तीन महिना भित्र यो शुरु भएको तपाईँले थाह पाउनु हुनेछ,’ प्राडा बास्कोटाले भने ।

काउन्सिलले कुल १०० अंकको सीपीडीमा चिकित्सकहरुले ३० अंकको एउटै ‘मोडुल’को तालिम अनिवार्य लिनुपर्ने र बाँकी ७० अंकमा विभिन्न किसिमका गतिविधि र कार्यक्रममा सहभागिता जनाएर प्राप्त गर्ने बताएको छ ।

सीपीडी कोर्ष डिजाइन गर्ने टोलीका एक जना सदस्य प्राडा सुदीप आचार्यका अनुसार चिकित्सकले अनिवार्य लिनुपर्ने तालिममा बेसीक लाइफ सर्पोटको तालिम, मेडिकल इथिक्स एण्ड कम्युनिकेशन स्कील, इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल, ¥यासनल युज अफ ड्रग एण्ड डायग्नोस्टिक, मेडिकल इमरजेन्सी इन डेन्टल प्राक्टिस लगायतका विषयहरु समेटिएका छन् ।

‘एउटा चिकित्सकले इमरजेन्सी अवस्थामा वेसीक लाइफ सपोर्ट कसरी गर्ने ? मेडिकल पर्सनलको इथिक्स के हुने , कम्युनिकेशन कसरी गर्ने ? इन्फेक्सन कसरी नियन्त्रणमा ल्याउने, औषधि र परीक्षणका बारेमा कसरी निर्णय लिने ? डेन्टल तर्फ उपचारका लागि आएको विरामीलाई अर्को रोगले समात्यो भने तत्काल के गर्ने ? आदि कुराहरुलाई समेटेर डिजाइन तयार भएको छ । त्यसमा तालिम लिनुपर्छ,’ प्राडा आचार्यले भने ।

उनका अनुसार एउटा चिकित्सकले पाँच बर्ष भित्र १०० नम्बर ल्याउन पर्छ । त्यसका लागि सम्मेलन, आर्टिकल, रिसर्च लगायतका गतिविधिमा सहभागी भएको नम्बर समेत जोडिनेछ ।

‘मुख्य त यसको उदेश्य चिकित्सकहरु अपडेट भै राखुन । जनताले गुणस्तरीय सेवा पाइराखुन भन्ने नै । अहिले एक पटक लाइसेन्स लिएपछि अरु अनिवार्य रुपमा केही गर्नु पर्दैन । तर सीपीडी भने पाँच पाँच बर्षमा दोहोरिन्छ,’ प्राडा आचार्यले भने ।

सीपीडीको पाठ्यक्रम विकास गर्न काउन्सिलका तर्फबाट प्राडा आचार्यसंगै डा अंकुर साह समेत सदस्य छन् । काउन्सिल बाहिरबाट विज्ञका रुपमा प्राडा रमेशकान्त अधिकारी, प्राडा शशि शर्मा र डा सुशील कोइरालासमेत सहभागी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

4 thoughts on “चिकित्सकलाई ‘लाइसेन्स’ मात्रै होइन अब ‘सीपीडी’ पनि अनिवार्य

  1. then council will get richer and richer and dr will poorer and poorer. they have to pay for licence renew. staffs will more benificial . god bless you all

  2. Please stop this bullshit. Doctor haru le padna parne chahine kura afai khojera padihalcha ni. Yo CPD ko naam ma paisa lutne bahek kei hudaina. Philippines ma law lagayera CPD hataune vanera law pass garna lagdaicha. Nepal ma chai tei lyauna lagirako cha. Kti chahiyeko paisa

  3. Tu ku Bpkihs patan sabko exam controller sang sodhnuparyo yo institute baat padheko haru le knowledge nabhaikana pass gareko ho…aba ta yo NMC exam pani cancel garnuparxa…

Leave a Reply to Satish Rauniyar Cancel reply

Your email address will not be published. Required fields are marked *