शरीर जोडिएका दुई बालिकालाई शल्यक्रिया गरि छुट्याइयो

बीबीसी । शरीरको छातीको भाग जोडिएको अवस्थामा जन्मिएका भुटानी जुम्ल्याहा बच्चाको शल्यक्रिया सफल भएको छ । कलेजो समेत जोडिएको उनीहरुको अष्ट्रेलियाको मेलबर्नस्थित रोयल चिल्ड्रेन अस्पतालमा शल्यक्रिया भएको हो ।

निमा र दावा नाम गरेका १५ महिने ती जुम्ल्याहा बच्चा (बालिका) को शल्यक्रिया गत शुक्रबार गरिएको थियो । पुरा शल्यक्रियाका गर्न चिकित्सकहरुले ६ घण्टा लगाएका थिए ।

शल्यक्रिया पछि मुख्य पत्रकारहरुसंग कुरा गर्दै शल्यक्रियाको नेतृत्व गरेका सर्जन डा जोए क्रामेरीले शल्यक्रिया सफल भएको र स्वास्थ्यमा सुधार हुने विश्वास व्यक्त गरे ।

चिकित्सकहरुका अनुसार पन्ध्र महिनाका ती जुम्ल्याहा नानीहरुको छाती संगै कलेजो समेत जोडिएको थियो । शल्यक्रियाका लागि अस्पतालले १८ जना सर्जन सम्मिलित दुईवटा टोली बनाएको थियो ।

तिनीहरुको शरीर छुट्याउने शल्यक्रिया गर्न धेरै खर्च लाग्ने भएकाले च्यारिटी शो गरेर खर्च जुटाइएको थियो । चिल्ड्रेन फस्ट फाउन्डेसनले च्यारिटी शो गरेर बच्चाहरुको उपचारका लागि खर्च जुटाएको छ । डाक्टरहरुले दुई बच्चलाई छुट्याउने शल्यक्रिया गर्न तीन लाख ५० हजार अमेरिकी डलर भन्दा बढी खर्च हुने बताएका थिए ।

बच्चाको उपचार गराउन आमा भुङ्चु ज्याङ्मो गएको अक्टोबर २ मा अष्ट्रेलियाको मेलबर्न शहरमा पुगेकी थिइन् । डाक्टरहरुले नोभेम्बर ९ मा उनीहरुको शल्यक्रियाको मिति तोकेका थिए ।

डा क्रेमरीका अनुसार शरीर जोडिएको केश अत्यन्थ थोरै हुने गर्दछ । प्रति दुई लाख जन्ममा यस्ता केश हुन सक्छन् । उनले भने । तर जन्मेका सबैले यो अवसर पाउँदैनन् ।

सो अस्पतालले सन् २००९ मा पनि टाउको जोडिएका बंगलादेशी जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया गरेको थियो । तृष्णा र कृष्णा नाम गरेका ती बालिकाको शल्यक्रिया गर्न चिकित्सकलाई त्यसबेला ३२ घण्टा लागेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *