स्वस्थ व्यक्तिले दैनिक कति पानी पिउने ?

डा. कृष्ण अधिकारी

प्रश्न : एक स्वस्थ मानिसले दैनिक कति पानी पिउनु पर्दछ ?

उत्तर : सामान्य त स्वस्थ व्यक्तिको शरीरमा प्रतिदिन २.५ लिटर पानी छिर्छ र त्यति नै पानी बाहिर निस्कने गर्दछ भन्ने मान्यता छ । खाएर होस या भित्र नै बनेर होस ।

त्यसको हिसाव यस्तो छ :  मानिसले दैनिक १.२ लिटर पानी खान्छ । थप एक लिटर सोलिट फुडबाट शरीरमा जान्छ । त्यो भनेको हामीले खाने दाल, भात, तरकारी आदिबाट ।

पानी र सोलिड फुडबाट गरी शरीरमा २.२ लिटर भयो ।

अब बाँकी ३०० एमएल पानी अक्सिटेसन रिडक्सन (पानी बन्ने प्रक्रिया भन्दा अघिल्लो अवस्था) बाट निस्कन्छ छ ।

शरीरबाट कति पानी बाहिरिन्छ ?

पिसावबाट एक दिनमा १.५ लिटर पानी बाहिरिन्छ । इन्सेन्सीवल लस (पसिना, श्वासप्रश्वास प्रक्रिया)मा ८०० एमएल र दिसाबाट २०० एमएल गरी २.५ लिटर नै पानी निस्कन्छ ।

यो सामान्य अवस्थाको हिसाव हो । अब तपाईँ गर्मी ठाँउमा बस्नु भएको छ भने धेरै पसिना निस्कन्छ । त्यसबेला पानी चाहिन्छ । पानी पर्याप्त भएन भने तपाईँलाई डिहाइड्रेसन हुन्छ । पानी कम पिसाव कम्ती आउँछ ।

जाडोका बेला नशा खुम्चिन्छ । धेरै पानीको धेरै खर्च हुँदैन । भनेपछि जाडोमा पानी खाँदा धेरै पिसाव लाग्छ । किनभने त्यसबेला इन्सेन्सेवल लस कम भयो ।

एउटा साधारण स्वस्थ मानिसले पानी धेरै खाएर हानी हुँदेन । तर कम खाएर डिहाइड्रेसन हुने भयो ।

पिसावको रङ हेरेर पनि थाह हुन्छ

पिसावको रङ हेरेर पनि थाह हुन्छ शरीरका लागि पानीको आवश्यकता छ कि छैन भनेर । सामान्य त मानिसको पिसावको रङ स्ट्र कलर (परालको जस्तो ) पुरै पहेलो पनि होइन रत्याइदो पनि होइन रङको हुन्छ ।

अब के बुझ्नु परयो भने पिसाव संङ्लो हुँदासम्म पानी खानु पर्छ । त्यसैले पानी कति खाने भन्ने सन्दर्भमा तपाईँको पिसाव संङ्लो हुनुपरयो ।शरीरमा आराम अनुभव हुनुपरयो । मुख र शरीर सुख्खा हुनु भएन ।

तर, रोग लागेको अवस्था, जस्तै मिर्गौलाले राम्ररी पानी फाल्न नसकेको अवस्था, जीउ सुन्निएको अवस्थामा पानी कम खानु पर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *