भाइटिकाको दिन ढोकामा फोडिने ओखरको औषधीय गुण

भोलि तिहारको अन्तिम दिन अर्थात भाइटिका । दिदीबहिनीले दाजुभाइलाई विभिन्न किसिमका उपहारका साथमा फलफूल, काजु, पेस्ता, बदाम, अन्जिरका साथै ओखर पनि मसलाका रुपमा दिने चलन छ । अझ ओखर त दैेलोमा फोर्ने चलन छ । यसको सास्कृतिक महत्व छ छ नै स्वास्थ्यका लागि पनि फाइदा जनक मानिन्छ ।

  • ओखरमा पर्याप्त मात्रामा ओमेगा – ३, फ्याटी एसिड पाइन्छ । यसले कोलस्ट्रोललाई सन्तुलित गर्छ । नियमित रूपमा यसको सेवन गरे मुटु रोगबाट छुटकारा पाउन सकिन्छ ।
  • यसमा एन्टी अक्सिडेन्टको गुण हुन्छ । यसले शरीरका विभिन्न पीडामा पनि राहत प्रदान गर्छ । ओखरले क्यान्सरबाट समेत जोगाउँछ ।
  • ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।
  • ओखरको प्रयोगले अनावश्यक तौल कम गर्न सकिन्छ ।
  • यसमा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेक्सका साथैओखरमा विभिन्न मिनरल, म्याग्नेसियम, जिंक, क्याल्सियम, आइरन, कपर, भिटामिनजस्ता पौष्टिक तत्व पाइन्छन् ।  जुन गर्भवती महिलाका लागि पनि निकै लाभदायक हुन्छ ।
  • ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।
  • ओखरमा फ्याटको मात्रा कम हुने भएकाले  वृद्धवृद्धाहरूका लागि निकै लाभदायक हुन्छ ।ओखर मधुमेहका बिरामीका लागि पनि यो उत्तिकै लाभदायक छ ।
  • ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *