‘दिदीहरुलाई दिने उपहार र दक्षिणा पहिल्यै तयारी गर्छु’

  • अस्पतालबाट बिरामीको अवस्था बारेको रिपोर्ट क्षण क्षणमा लिइरहेको हुन्छु
  • - नेपाली हेल्थ
    डा. पुकारचन्द्र श्रेष्ठ, निर्देशक – शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर

    आफ्नो शरीरको आफै पूजा गर्नुपर्छ भनेर म्हः पुजा गर्छौँ,  आज बेलुका । दियो बत्ति बालेर मण्डप बनाएर आफूले आफूलाई पुजा गरेर दीर्घायूको कामना गर्ने चलन छ । आफै बलियो हुनुपर्छ भन्ने सस्कृति हो । त्यसपछि भोज हुन्छ । परिवारका सबै सदस्य बसेर ठूलै भोज हुन्छ । त्यसमा रमाइन्छ । भोलिपल्ट भाइटिका हुन्छ । आजको म्ह पूजा अन्त्यन्त रमाइलो हुन्छ । परिवारका सबै सदस्यको पूजा हुन्छ ।

    ………………………………………………………………………………….

    हामी तीन जना दाजुभाई तीन जना दिदी बहिनी । म चाँही सबैभन्दा कान्छो । आज हामी सबै एकै ठाँउमा बसेर म्ह पूजा गर्छौँ । भोलि दिदीहरु आउनुहुन्छ र टिका लगाइदिनुहुन्छ । मैले जानेसम्म सधै दिदीहरु टिका लगाइदिन हामीकहाँ नै आउनु भएको छ । र हामी स्वदेशमा भएसम्म तिहारको टिका एकै ठाँउमा लगाउछौँ । हामी दाजुभाईको घर संगसंगै छ । त्यसैले म्ह पूजा र भाइटिका पनि कहिले कस्को कहिले कस्कोमा हुने गर्दछ ।

    ……………………………………………………………………………………………

    कतिपयले तिहारको बेलामा संस्कृतिसंग जोडेर जुवातास खेल्ने गरेको सुन्छौँ । तर हामीकहाँ त्यस्तो चलन छैन । बरु ८ १० बर्ष अघिअघि रमाइलोका लागि तिहारको दिन लंगुरबुर्जा खेल्ने चलन थियो । तर त्यो पनि अहिले छैन ।

    ……………………………………………………………………………..

    खानपानमा आज हाम्रो म्ह पूजा पछि समयबजी खाने चलन । त्यसमा नेवारी परिकार सगुन हुन्छ । चिउरा माछा, अण्डा बारा, लसुन, अदुवा सहितका परिकार हुन्छ । भाइटिकामा यी बाहेक अरु थप परिकार हुन्छ । मिठाई जन्य पदार्थ पनि हुन्छ ।

    …………………………………………………………………………………

    तिहारको टिका पछि दाजुभाइले दिदी बहिनीलाई दक्षिणा दिने चलन छ । मैले दिदीहरुलाई उपहारमा जिन्सी र केही नगद मिलाएर दिने गर्छु । मेरो बानी के छ भने तिहारका लागि दिदीहरुका लागि भनेर बाहिर ( विदेश) गएको बेलामा नै किनेर ल्याएको हुन्छु । त्यहि उपहार अहिले दिन्छौँ । त्यसैले तिहारको उपहार मैले पहिले नै तयारी गरिसकेको हुन्छु ।

    …………………………………………………………………………………..

    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा स्थापनाकाल देखि नै छु । विशेष गरी मिर्गौला, कलेजो, मुटु रोगको उपचार भइरहेको छ । त्यसमा पनि बढी जसो मिर्गौला डायलासिस र प्रत्यारोपण बढी हुने गर्दछ । चाडबाडका बेला भनिए पनि त्यहाँ आइसियू खाली कहिल्यै हुँदैन । डायलासिस नगरेको दिन हुँदैन । प्रत्यारोपण भने यो सार्वजनिक विदाको दिन गरिदैन । त्यहि पनि जिम्मेवारी ठूलो छ । म अनकलमै रहेको हुन्छु । आफै पनि मिलाएर जाने गर्छु । नगएपनि त्यहाँको क्षणक्षणको रिपोर्ट म लिइरहेको हुन्छु । चाडबाड नै भएपनि इमरजेन्सी भएर अस्पताल कुद्न परयो भने पनि दुख भने लाग्दैन ।

    थप समाचार

    Loading...

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *