बरिष्ठ चिकित्सक डा. श्यामबहादुर पाण्डेको निधन

डा. श्यामबहादुर पाण्डे

काठमाडौँ, २० कात्तिक । बरिष्ठ चिकित्सक डा. श्यामबहादुर पाण्डेको निधन भएको छ । ७७ बर्षीय पाण्डेको बल्खुस्थित बयोधा अस्पतालमा मंगलबार बेलुका बेलुका साढे ८ बजे मस्तिष्क घात भई निधन भएको हो ।

मिर्गौला, उच्चरक्तचाप लगायतका स्वास्थ्य समस्याबाट जुधिरहेका डा. पाण्डेलाई पछिल्लो पाँच दिन बयोधाको आइसियूमा राखेर उपचार गरिएको थियो ।

‘डायालासिस भइरहेको थियो । मस्तिष्क घात भयो । त्यसपछि रिकभर हुन सकेन,’ बयोधा अस्पतालका कार्यकारी निर्देशक रवि चौधरीले जानकारी दिए ।

सन् १९६३ मा एमबीबीएस सकेर तत्कालिन शाही नेपाली सेनाको चिकित्सक बनेका  डा. पाण्डे पछि ‘रोयल फिजिसियन’को रुपमा पनि आफूलाई उभ्याएका थिए । त्यसबाहेक बीएण्डबी, नर्भिक जस्ता नाम चलेका निजी अस्पतालबाट समेत उनले आफ्नो सेवा दिएका थिए ।

पछिल्लो समय उनी बयोधा अस्पतालमा कार्यरत थिए । सन् १९९४ मा सोसाइटी अफ इन्टरनशल मेडिसिन अफ नेपाल (साइमन)भन्ने फिजिसियन चिकित्सकहरुको  संस्था स्थापना गरेका उनी सन् १९९६ सम्म संस्थापक अध्यक्ष समेत बनेका थिए ।

‘उहाँको निधनबाट चिकित्सा क्षेत्रमा अपुरणीय क्षति पुगेको छ,’ सिमोनका महासचिव प्राडा अरुण मास्केले बताए ।

डा. पाण्डेका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको बुधबार विहान सवा ८ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारलाई उध्रित गर्दै डा. मास्केले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *