एघार बर्ष अघि बन्द भएको मुख खुलेपछि ……….

काठमाडौँ, २० कात्तिक । काभ्रेकी उन्नाइस बर्षीया निशा राना मगर को ११ बर्ष अघि साथी संग खेल्ने क्रममा लडदा मुखमा गम्भीर चोट लाग्यो । परिवारले तत्कालै स्वास्थ्य संस्थामा पु¥याए, लामो समयको उपचार पछि घाउ पनि ठिक भयो तर क्रमश उनको मुख बन्द हुँदै गयो ।

मुख बन्द हुँदै जान थालेपछि परिवार थप चिन्तित हुँदै गयो । परिवारले धेरै अस्पतालमा उपचारका लागि लग्यो तर समाधानको आधार पाएन ।
तर यसपटक भने उनको परिवारमा खुशी मिलेको छ । गत सोमबार जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बरिष्ठ दन्तरोग विशेषज्ञ डा निरज पन्तको टोलीले उनको उपचार शुरु ग¥यो । र, सफल दिलाएरै छाड्यो ।

बन्द मुख यसरी खोलियो
ट्रमाको समस्याले गदौ क्रमश बन्द हुदै गएको मुख बोल्न र खानेकुराहरु निल्न नसक्ने अवस्थामा पुगेको थियो । चिकित्सकीय भासामा त्यस्तो समस्यालाई यङ्कायोलोसिस भनिन्छ । दुर्लभ रुपमा हुने यस्तो समस्याको नेपाल सहज समाधान गर्न सक्नु चौनौतिको विषय भएको उिपचारमा संलग्न चिकित्सक बताउछन् । डा.पन्तका अनुसार उनको मुख खुल्दैन थियो । भित्र भित्र आवाज आउथ्यो । खानेकुराहरु झोलमात्रै निल्न सक्ने अवस्था थियो । खानेकुराको स्वाद थाहा पाउनुत सम्भवनै थिएन । उनको सोमबार सफलता पूर्वक शल्यक्रिया गरिएको छ ।

नयाँ जीवन पाएँ
बोल्न र नर्मल खानेकुरा खान नसक्ने अवस्थामा पुगेकी निसा शल्यक्रिया पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन । धेरै अस्पताल चाहर्दा पनि समस्या समाधान नभए पनि नेपाल मेडिकल कलेज आएको बताउछीन । अहिले आफु ठक भएको उनको तर्क छ । निशा बिगतमा झै बोल्न र नर्मल खानेकुराहरु खान सक्ने भएकी छन् । उनको उपचार डा. निरज पन्त, डा. कुशल बिम्व, डा. अन्जनी भट्टराई र डा. सुमित कुमार सिंहले गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *