स्वास्थ्य मन्त्रालयको ‘वेव साइट’मा फेरी सचिव परिवर्तन

काठमाडौँ, २० कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेव साइट मा सचिव पुन परिवर्तन भएको छ । मन्त्रालयले आज विहान साढे १० बजे देखि निमित्त सचिव भन्दै प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलको फोटो राखेको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानिएकी सचिव डा. पुष्पा चौधरी सर्बोच्च अदालतको आदेश लिएर गत आइतबार मन्त्रालयमा हाजिर भएकी थिइन । उनी हाजिर भए लगत्तै प्रमुख विशेषज्ञ डा. प्याकुरेलको फोटो हटाई डा. चौधरीलाई सचिवको रुपमा राखिएको थियो ।

तर आज विहानै मुख्य सचिवको कार्यालयबाट मन्त्रालयका अधिकारीसंग स्पष्टीकरण लिएपछि पुन: डा. चौधरीको फोटो हटाई निमित्त सचिवको रुपमा प्याकुरेल रहेको जानकारी गराइएको हो ।

‘खासमा सर्बोच्चको अन्तरिम आदेश पाएपनि त्यो आदेश मन्त्रिपरिषदमा पुगेर मन्त्रिपरिषदबाट पुन निर्णय गराएर मात्रै यहाँ हाजिर हुनुपर्ने हो । तर सचिव चौधरीले प्रधानमन्त्री कार्यालयबाट पत्र नै नलिइ आफै आएर पुर्नवहाली भएको घोषणा गर्नु भयो । हाजिर हुनुभयो । फोटो समेत तत्काल परिवर्तन गरिएछ । यसमा फेरी कच्चा पन देखियो । मुख्य सचिवले स्वास्थ्य सचिवको रुपमा डा चौधरीलाई चिन्दिन भनेर सार्वजनिक रुपमै भनेपछि फोटो परिवर्तन गर्न लगाइयो,’ मन्त्रालयको उच्च स्रोतले भन्यो ।

वेवसाइटमा तस्विर परिवर्तन गरेपनि सचिव डा. चौधरी आज दिनभर मन्त्रालयमै रहेकी छन् । उनले उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवसंग कार्यकक्षमै गएर छलफल समेत गरेको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *