राष्ट्रपति भण्डारी दाँत उपचारका लागि पुगिन् वीर अस्पताल

उपचार पछि राष्ट्रपति भण्डारीसंग सामुहिक तस्विर खिचाउँदै वीर अस्पतालका चिकित्सकहरु

काठमाडौँ, १९ कात्तिक । राष्ट्रपति विद्या देवी भण्डारीले वीर अस्पताल पुगेर आफ्नो दाँतको उपचार गराएकी छन् । आज विहान साढे ८ बजे अस्पताल पुगेकी उनले एक घण्टाको उपचार पछि करीब साढे ९ बजे फर्केकी थिइन ।

उनको उपचारमा प्रमुख कन्सलट्यान्ट डा. शैली प्रधानको नेतृत्वमा प्रमुख कन्सलट्यान्ट डा सरिता जोशी , बरिष्ठ कन्सलट्यान्ट डा बन्दना खनाल र बरिष्ठ कन्सलट्यान्ट डा आशा थापा सहभागी थिए ।

दाँतको दुखाईको समस्या हुने भन्दै गएकी राष्ट्रपतिको ओपीजी एक्सरे र सीबीसीटी (दाँतको सिटिस्क्यान) गरिएको थियो । टोलीले दाँतको सफाई (स्केलिङ) समेत गरेको थियो ।

‘आजको मुख्य परीक्षण तथा उपचार ओपीजी एक्सरे , सिविसिटी र स्केलिङ हो । अव पनि थप समस्या भयो भने केही समय पछि बायाँ तर्फको बुद्धि बंगरा निकाल्ने योजनामा समेत हामी छौँ ,’ टोली प्रमुख डा. प्रधानले बताइन ।

राष्ट्रपति भएदेखि भण्डारी दाँत परीक्षण तथा उपचारका लागि वीर अस्पताल नै पुग्ने गरेकी छन् । दाँत उपचारका लागि वीर पुगेको यो उनको चौथो पटक हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *