स्वास्थ्य मन्त्रालयमा पुर्न:वहाली भइन सचिव डा. चौधरी

काठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्ने निर्णय विरुद्ध अन्तरिम आदेश पाएकी सचिव डा पुष्पा चौधरीले आजबाट पुन स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकी छन् ।केही बेर अघि मन्त्रालय पुगेर उनले सचिवको जिम्मेवारी सम्हालेकी हुन् ।

सरकारले गत २८ कात्तिकको निर्णय भन्दै गत ९ कात्तिकमा सचिव चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा भएको पत्र पठाएको थियो ।

त्यस एक साता नवित्दै सचिव चौधरीले सरकारको निर्णयविरुद्ध गत बिहीबार सर्बोच्चमा रिट दायर गरेकी थिइन । सो रिटको शुक्रबार प्रारम्भिक सुनुवाई गर्दै उनको पक्षमा अन्तरिम आदेश दिएको थियो । सोही आदेश अनुसार उनी स्वास्थ्य मन्त्रालयमा हाजिर हुन पुगेकी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *