प्रधानमन्त्रीलाई शुक्रबार डिस्चार्ज गर्ने तयारी

काठमाडौँ, १५ कात्तिक । गत सोमबार देखि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकहरुले शुक्रबार डिस्चार्ज गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य उल्लेख्य रुपमा सुधार भएको र औषधिको डोज समेत समाम्त हुने भएपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेका हुन् ।

‘सम्भवत भोलि उहाँको डिस्चार्ज हुनेछ । हामी त्यहि तयारीमा छौँ,’ प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने ।

रुघा, खोकी ज्वोरो साथै छाती समेत समस्या देखा परेका बेला सुगर लेभलमा गडबढी उत्पन्न भएपछि प्रधानमन्त्रीलाई गत सोमबार विहान साढे तीन बजे महाराजगञ्जस्थित मनमोहन सेन्टर पुर्याइएको थियो । त्यहाँ त्यहाँ उनको उपचार बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीको संयोजक प्राडा दिव्या सिंह शाह र डा शन्तकुमार दास सदस्य रहेको टीमको नेतृत्वमा भइरहेको छ ।

त्यसो त प्रधानमन्त्रीले हिजोबाट नै अनौपचारिक रुपमा काम शुरु गर्न थालिसकेका छन् । हिजो उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर आवश्यक निर्देशन दिइसकेका छन् । अहिले उनले सामान्य खाना खान थालिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *