डेंगु फिबर अर्थात डेंगु ज्वोरो के हो ? यसबाट कसरी जोगिने ?

अहिले पर्यटकीय शहर पोखरामा डेंगु ज्वरोका बिरामीहरु देखिएको समाचार आइरहेको छ । केही वर्ष अघि फाट्ट फुट्ट देखिने यो रोग अहिले प्रशस्त मात्रामा देखिन थालेको छ ।

विशेष गरी गर्मी मौसममा हुने यो रोग एसिया प्रशान्त क्षेत्रका भारत श्रीलंका मालदिव्स लगायत अफ्रिका र ल्याटिन अमेरिका लगायत संसारका धेरै ट्रोपिकल मौसम भएका देशहरुमा देखिने गर्दछ ।

डेंगु एक प्रकारको भाइरसको संक्रमण ले गर्दा हुने रोग हो । एडिस प्रजातिको यो लामखुट्टेलाई एडीस इजीप्टे अथवा डेंगु लामखुट्टे पनि भनिन्छ ।

Aedes aegypti or “dengue mosquitoes” अथवा कतै कतै Tiger Mosquito भनिने  Aedes albopictus को टोकाइले यो संक्रमण मानिसमा सर्ने गर्छ र मुख्यत: वर्षा तथा गर्मी मौसममा यो रोग को संक्रमण बढी हुने गर्छ ।

यो लामखुट्टे गर्मी मौसममा पानी भरिएका जलाशय लगायत लामो समयसम्म पानी जम्मा भएका कुनै कन्टेनरमा समेत बस्ने र Breeding गरि आफ्नो संख्या बढाउने गर्छ ।

यो लामखुट्टेको विशेष खालको शरीर र खुट्टा छिर्केमिर्के खालको हुन्छ । बस्दा पनि यो छड्के कोण बनाई बस्छ । यसले दिउसोमा पनि टोक्ने गर्छ तर साँझ र राती बाहेक यसको टोकाई दुख्ने हुँदैन ।

डेंगु ज्वोरो, डेंगु hemorrhagic fever र  Dengue Shock Syndrome गरी तीन विभिन्न प्रकृति र गम्भीरताको डेंगु रोगका लक्षण तथा प्रकार हुन्छन् ।

१. डेंगुका ज्वोरोका लक्ष्यणहरु :

  • एक्कासी ज्वरो आउँने करीब तीन देखि सात दिनसम्म ।
  • टाउको दुख्ने र आँखा भित्र दुखाई हुने ।
  • मांशपेशी र जोर्नीहरु दुख्नु कुहिनो घुँडा र गोलीगाँठो (कसै कसैले यसलाई बढी दुखाई भएर Break Bone Fever पनि भन्ने गर्छन ।
  • खानामा अरुची हुने र बान्ता तथा पखला समेत हुनु ।
  • स्वाद परिवर्तन हुनु (metallic taste ) ।
  • छालामा चाला आउनु रातो धब्बा वा चाला दादुरा जस्तो पनि हुन सक्छ बिशेष गरि दोश्रो चरणमा हुने ।
  • नाक अथवा गिजा बाट रगत आउनु ।
  • अत्यधिक थकान महसुस हुनु ।

खासगरी डेंगु रोग ठुला बच्चा देखि बयस्कहरुमा हुने गर्दछ । संक्रमित लामखुट्टेले टोकेको ३ देखि १४ दिन भित्रमा डेंगु रोगका लक्ष्यणहरु देखिन थाल्छ ।

सामान्यतया डेंगु व्यक्तिबाट व्यक्तिमा सर्दैन तर संक्रमितबाट लामखुट्टेले यो रोग को किटाणु अन्य व्यक्तिहरुमा सर्न सक्छ ।
यो रोग खासगरी परीक्षण र प्रयोगशाला परीक्षणबाट  पत्ता लगाउन सकिन्छ ।
यो डेंगु ज्वोरोको विशेष उपचार भन्नाले प्रतिजैविक(Antibiotics, Antiviral)को कुनै रोल छैन वा चाही केहि छैन ।

आराम गर्ने, स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह र निगरानीमा रहने, प्रशस्त पानी  र झोलिलो कुराहरु सेवन गर्ने, ज्वोरो आएमा पारा सिटामोल खाने ( यस्पिरिन खाना मिल्दैन किनकि यसले Platelets घटाएर रगत बग्न सक्ने सम्भावना बढ्छ )

२. रक्ताश्राब हुने डेंगु हेमोरजिक (DengueHaemorrhagic Fever) :
डेंगुको गम्भीर प्रकृतिको यो अवस्था सामान्यतया ज्वोरो घटेपछि अथवा सुरुमा ज्वोरो आएको ३-७ दिन पछी देखिन्छ यसर्थ ज्वोरो घटेपछि बिरामी गम्भीर हुने, एक्कासी ज्यादा पेट दुख्ने, वाकवाकी हुने, बान्ता हुने, शिताङ्ग हुने वा तापक्रम अस्थिर रहने बेहोस सिथिल वा confused र irritable हुने सक्छ । साथै यो अवस्थाबाट बिरामी छिटै रक्तसंचार को failure को अवस्था अथवा ‘शक्’ मा जान सक्छ । यो अबस्थाको समयमै पहिचान र उपचार हुनु अति आबस्यक छ । नत्र ज्यान जाने सम्मको जोखिम रहन्छ  ।

यो डेंगु ज्वोरोको अलिक गम्भीर खालको र ज्यानसम्मै लिन सक्ने प्रकृतिको डेंगुको रोग हो । विषेश गरी १५ वर्ष भन्दा कम उमेरका बच्चाहरु मा देखिन्छ तर बयस्कहरुमा पनि हुन सक्छ  ।

Dengue Hemorrhagic Fever मा शरीरमा ठुला ठुला रगतका धब्बाहरु देखिन सक्छन  ।

३.डेंगु शक् ( Dengue shock syndrome) :
डेंगु ज्वोरो वा डेंगु hemorrahagic fever भएर बिरामीको रक्तसंचार प्रणालीले काम गर्न असमर्थ रहनु वा failure हुनु जसमा नाडीको गति सुस्त वा कमजोर (bradycadia, feeble pulse tachycardia) वा ब्लड प्रेसर कम( (Hypotension) भइ महत्वपुर्ण अंगहरु जस्तै मृगौला मस्तिस्क मा रक्तसंचार फेल भइ ज्यानै जाने खतरा रहन्छ ।

रगतका परिक्षण (Hematrocrit, platelet and Albumin etc) र ब्लड प्रेससर जस्तै गरि tourniquet test पनि यो अबस्था मा निगरानीका लागि गरिने गरिन्छ त्यो विरामीको अवस्था र आवश्यकता अनुसार  ।

डेंगु को उपचार Symptomatic मात्र अथवा लक्षणको उपचार मात्र उपलब्ध छ । बिशेषगरि ज्वोरोको उपचार र तरल पदार्थ र आवश्यकता अनुसार स्लाइन दिइन्छ । बिशेष गरि डेंगु ‘शक’ को अवस्थामा ज्यादा मात्रमा रगत को परिक्षण र ज्यादा स्लाइन आवश्यक पर्ने हुन्छ ।
यसर्थ रोगबाट समयमै बच्ने र लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मी तथा चिकित्सकलाई देखाउने जचाउने वा निगरानीमा रहनु नै उपयुक्त रहन्छ ।

कसरी बच्ने ?
हालसम्म डेंगु रोगको विरुद्धको खोप विकास भएको छैन् ।  त्यसैले लामखुट्टेको टोकाईबाट बच्ने काम सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसका लागि शरीर पुरै छोप्ने गरी कपडा लगाउने र लामखुट्टेलाई भगाउने वा मार्ने व्यवस्था गर्ने । यस्तै लामखुट्टेबाट जोगिन झुल वा धुपको प्रयोग गर्न सकिन्छ ।

लामखुट्टको बृद्धि विकास हुने भएका ठाँउहरुमा पहिचान गर्ने र खाल्टा खुल्टीहरु पुर्ने , पानी जम्मा हुने कन्टेनरहरु बन्द मात्रै राख्ने, अनावश्यक कन्टेनरमा पानी जम्मा हुन नदिने ।

ज्वोरो वा अन्य लक्ष्यणहरु देखिएमा नजिकको स्वास्थ्य संस्था स्वास्थ्यकर्मी वा चिकित्सकसंग परामर्श गर्ने र निगरानीमा रहने । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम फलो अप वा निगरानीमा रहने खतराका लक्षणहरु देखेमा तुरुन्त स्वास्थ्य संस्था अस्पताल जाने ।

# डा. पौडेल हाल ‘युनिभर्सिटी अफ मेलबर्न’ अष्ट्रेलियामा एमपीएच गर्दैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *