कान्तिपुर डेन्टल पुगेर प्रधानमन्त्री ओलीले गरे दन्त परीक्षण

काठमाडौँ, ३१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा पुगेर आफ्नो दन्त उपचार गराएका छन् । मंगलबार सोही अस्पतालबाट मोवाइल डेन्टल भ्यान सहित गएको चिकित्सकहरुको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रारम्भिक परीक्षण गरेको थियो । सोही परीक्षणपछि थप उपचारका लागि आज प्रधानमन्त्री बसुन्धरा पुगेका हुन् ।

चिकित्सक टोलीको संयोजन गरेका कान्तिपुरका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले प्रधानमन्त्रीको दाँत सामान्य रहेको बताए । उनले सिविसिटी द्धारा दाँतको एक्सरे साथै अन्य परीक्षण गरेको बताए ।

दन्त परीक्षणका लागि विशेषज्ञ डाक्टरहरु डा सन्ध्या श्रेष्ठ, डा सन्तोषमान राजभण्डारी, डा अंकित शाह, डा सौगात गौतम, डा जोन गुरुङ, डा परिधि शर्मा खटिएका थिए । त्यस्तै रमिता खत्री, सुस्मा नेपाली, डा गोविन्द शाही लगायतका कर्मचारीहरु खटिएका थिए ।

प्रधानमन्त्री ओलीले अघिल्लो पटक प्रधानमन्त्री भएका बेला समेत कान्तिपुर डेन्टलकै टोलीसंग दन्त परीक्षण गराउने गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *