यस बर्ष पनि मेडिकल कलेजले शुल्क बढाउन नपाउने सरकारको निर्णय

काठमाडौँ, २८ असोज । यस बर्ष पनि मेडिकल कलेजलाई पुरानै शुल्कमा अध्यापन गराउनु पर्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले शुल्क नबढाउने निर्णय गरेसंगै मेडिकल कलेजहरुले पुरानै शुल्कमा अध्यापन गराउनुपर्ने भएको हो ।

दुई बर्ष अघि सरकारसंग गरिएको सम्झौँता अनुसार यस वर्षबाट शुल्क बढाउने सहमती भएको भन्दै कतिपय नीजि मेडिकल कलेजले शुल्क बढाएका थिए ।

कलेजहरुले मनलाग्दी शुल्क लिएको गुनासो आएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एकसाता अघि त्रिभुवन विश्व विद्यालय, काठमाडौ विश्व विद्यालयबाट उपकुलपति रेक्टर, रजिष्टार तथा चिकित्साशास्त्र तर्फका डीनहरु सहितका सरोकारवाला व्यक्तिहरुलाई बोलाएर छलफल गरेका थिए ।

सोही छलफल अनुसार मन्त्री पोखरेलले आजको बैठकमा शुल्क यथावत राख्नेगरी प्रस्ताव लगेका थिए । सोही प्रस्तावलाई मन्त्रीपरिषदले स्वीकृत गरेको हो ।

सरकारले दुई वर्ष अघि एमबीबीएस तर्फ काठमाडौं उपत्यका भित्रका मेडिकल कलेजका हकमा ३८ लाख ५० हजार रुपैयाँ र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको थियो।यस्तै बीडीएस तर्फ १९ लाख ३२ हजार शुल्क तोकेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *