कञ्चनपुरमा कार्यरत डाक्टर माथि पूर्व सभासदद्धारा आक्रमण

डा. अमित पण्डित

महेन्द्रनगर, २७ असोज । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा कार्यरत डा. अमित पण्डित माथि कुटपिट भएको छ । पूर्व सांसद समेत रहेका नेपाली कांग्रेसका नेता दिवानसिंह विष्टले डा पण्डित माथि कुटपिट गरेका हुन् ।

घटना शुक्रबार विहान साढे ७ बजेको हो । स्वास्थ्य केन्द्र नजिकैको थलकेदार क्लिनिकमा उपचारका लागि ल्याइएकी २५ बर्षीय महिला चन्दा थापाको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई डा पण्डीत र क्लिनिकमा कार्यरत स्टाफ नर्सको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र ल्याई अक्सिजन दिइएको थियो ।

तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई धनगडी रिफर गरिदैं थियो । सोही बेला पुगेका नेता विष्टले एक्कासी आफूमाथि आक्रमण गरेको डा पण्डित बताउँछन् । उनले स्वास्थ्य केन्द्र अगाडीको पिचरोटबाट आफूलाई पिटदै केन्द्र भित्र ल्याएको जानकारी दिए ।

नेता विष्टले डा पण्डित माथि विरामी रिफर गर्ने र प्राइभेट प्राक्टिसमा बढी केन्द्रीत हुने गरेको आरोप लगाएका छन् ।

यता डाक्टरमाथि कुटपिट भएको घटनालाई श्रीपुर स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले गम्भीर रुपमा लिदैँ छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गरेको छ ।

समितिका अध्यक्ष डा अर्जुन ढकालद्धारा शुक्रबार नै जारी विज्ञप्तीमा बाहिरबाट आई सेवा गरिरहेको डाक्टरलाई काममा सहज बाताबरण बनाई सहयोग गर्नुको साटो देशको सर्बोच्च निकाय संविधान सभाको सदस्य भई संविधान जारी गर्न हस्ताक्षर गर्ने हातले नै कुटपिट हुनु लज्जा जनक विषय हो भनिएको छ ।

नेपाल चिकित्सक संघ धनगडी शाखाले पनि आज विज्ञप्ती जारी गर्दै डा माथि भएको आक्रमणको भत्र्सना गरेको छ । उसले घटनाको छानवीन गरी दोशीमाथि कडा कारवाही गर्न माग गरेको छ ।

यता डाक्टरमाथि कुटपिट भएपछि अहिले स्वास्थ्यकर्मीहरुले श्रीपुर स्वास्थ्य केन्द्रको सेवा अबरुद्ध पारेका छन् । उनीहरुले दोषीमाथि कारवाही नभएसम्म काममा नफर्किने जनाएका छन् । व्यवस्थापन समितिले भने आकस्मिक सेवा सञ्चालन गरी आफ्ना विरोधका कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यकर्मीसंग आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “कञ्चनपुरमा कार्यरत डाक्टर माथि पूर्व सभासदद्धारा आक्रमण

  1. In primary health care those things available that doctor used but the patient condition is not progress .Then the doctor referred the patient .Neta Bista was beat the doctor it not good for medical person This practise if increase then who want to read medics so i think this case go upward ..justice for this bad behaviour

Leave a Reply

Your email address will not be published. Required fields are marked *