शल्यक्रियाबाट शिशु जन्माउने प्रवृत्ति किन अधिक ?


बीबीसी । शिशु जन्माउनका निम्ति प्रयोग गरिने सिजारियन सेक्सन भनिने शल्यक्रियाको अनावश्यक प्रयोग अत्यधिक बढेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

उनीहरू भन्छन् झण्डै आधा विश्वमा सिजारियन सेक्सन भनिने शल्यक्रियाबाट शिशु जन्माउने अभ्यासको अधिक प्रयोग भएका छन्।

अध्ययन
ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित एक नयाँ अध्ययन अनुसार शिशु जन्माउन सिजारियन सेक्सन शल्यक्रियाको प्रयोगको दर विश्वभर सन् २००० यता झण्डै दोब्बर भएको छ।

शिशुको सुरक्षित जन्मका निम्ति कहिलेकाहिँ आवश्यक ठानिने त्यस्तो अपरेशनको प्रयोग यस अवधिमा १२ प्रतिशत बाट २१ प्रतिशत पुगेको पाइएको छ। खासगरि त्यस्तो अपरेशन १० देशि १५ प्रतिशत केसमा मात्र चिकित्सकीय रूपमा आवश्यक हुने बताइन्छ।

के कारण ?
सो अध्ययन अनुसार उत्तर अमेरिका, पश्चिम युरोप तथा ल्याटिन अमेरिकामा सो अपरेशनको प्रयोग ज्यादा भएको देखिन्छ। कतिपयले प्रसव पीडाबाट जोगिन समेत यसको प्रयोग गर्ने पाइएको छ।

सिजारियन सेक्सन अपरेशन कतिपय अवस्थामा जीवन रक्षक हुन सक्छ। तर यसले आमा र बच्चा दुवैलाई खतरा पनि पुर्‍याउन सक्छ।

महामारी
१६९ देशका आँकडाहरू विश्लेषण गर्दा झण्डै आधा विश्वमा यसको अधिक प्रयोग भएको देखिएको छ। जबकि कैयौँ गरिब देशमा भने एकदम आवश्यक हुँदा समेत यो अपरेसनको सुविधा उपलब्ध नभएको पाइएको छ।

चिकित्सकहरूले यस अपरेसनको ज्यादा र अनावश्यक प्रयोगलाई गम्भीर भन्दै यो महामारीजस्तै फैलिरहेको बताएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *