मेडिकल कलेजमा कार्यरत एमएस्सी/पीएचडी प्राध्यापकहरुको संस्थामा नयाँ नेतृत्व, डा. कुँवर बने अध्यक्ष

काठमाडौँ, २६ असोज । देशभरका मेडिकल कलेजहरुमा कार्यरत एमएस्सी / पीएचडी प्राध्यापकहरुको छाता संगठन एसोसिएसन अफ बेसिक एण्ड एप्लाईड मेडिकल साईन्सेस नेपालको नयाँ कार्यसमिति गठन भएको छ ।

गत २२ असोजमा ललितपुरमा सम्पन्न संस्थाको प्रथम साधारण सभाले डा अजय जङ्ग कुँवरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । नव गठित कार्यसमितिमा उपाध्यक्षमा डा समिर सिंह, महासचिवमा मुकेशकुमार झा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा राजुकुमार दुवे, कोषध्यक्षमा ओमी बज्राचार्य र सह कोषाध्यक्षमा रन्जितकुमार ठाकुर निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा बसन्त गेलाल, डा विष्णु चौलागाई, डिलीराम निरौला, मनिषकुमार सिंह, नवलकिशोर यादव र प्रशिल प्रधान रहेका छन् । त्यसैगरी डा राजिब मुखिया, सुवास सापकोटा र डा सुजितकुमार ठाकुर समेत सदस्यमा निर्वाचित भएका छन् ।

साधारणसभामा संस्थाको भावी कार्ययोजनाहरुबारे छलफल भएको थियो । यस्तै एमएस्सी / पीएचडी प्राध्यापकहरुको चिकित्सा शिक्षा, प्रयोगशाला र अनुसन्धानमारहेको अतुलनीय योगदानलाई सरोकारवाला र सर्वसाधारण समक्ष ल्याउन विभिन्न कार्यक्रमहरु गरिने निर्णय गरिएको नव निर्वाचित महासचिव मुकेशकुमार झाले बताए ।

उनले आफूहरुले स्वास्थ्य शिक्षा र सेवासँगसम्बन्धित हरेक सरोकारवाला निकायसँग समन्वय गर्दै समग्र स्वास्थ्य शिक्षा, प्रयोगशाला र अनुसन्धानलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउन सरकारसमक्ष प्रस्ताव राख्ने निर्णय गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *