मातृ तथा नवजात शिशुको मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी

काठमाडौँ, २५ असोज । पछिल्ला समय मातृ तथा नवजात शिशुको मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

गर्भवती भएपछि स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने एवम् स्वास्थ्य संस्थामा सुत्केरी हुने दरवृद्धिसँगै घरमा भन्दा स्वास्थ्य संस्थामा मातृ तथा नवजात शिशुको मृत्यु हुने दर बढेको देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मातृ तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य संस्थामा कति मातृ तथा नवजात शिशुको मृत्यु हुन्छ भन्ने यकिन जानकारी सार्वजानिक गरिएन ।

सन् २०१६ को स्वास्थ्य सर्वेक्षणअनुसार शिशु मृत्युदर ९प्रतिहजार जीवित जन्ममा० र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३३ र २३ झरेको छ । पाँच वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा ) ३८ तथा मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २५८ मा झरेको छ । तर परिवार नियोजनको दर करीब ५० प्रतिशतको हाराहारीमा उक्लेको छ । कूल प्रजनन दर (१५ –४९ वर्षंका उमेर समूहका महिलाकों ) दुई दशमलब तीन रहेको छ । सन् २०२१ सम्ममा संस्थागत सुत्केरी गराउनेको सङ्ख्या ८० प्रतिशतमा पु¥याउने अति महत्वाकाङ्क्षी कार्यक्रममा सार्वजानिक गरेको छ ।

हाल संस्थागत सुत्केरी गराउनेको सङ्ख्या ६० प्रतिशत छ । सोही अवधिमा मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा १२५ मा झार्ने लक्ष्य राखेको छ । मन्त्रालयका अनुसार स्वास्थ्य संस्थामा सेवा लिन जाने महिलामध्ये नौ महिनासम्म सेवा लिनेको सङ्ख्या पनि ६० प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन । स्वास्थ्य सचिव डा पुष्पा चौधरीले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या बढाउन आमा सुरक्षा कार्यक्रमलाई मन्त्रालयले उच्च प्राथमिता दिएको जानकारी दिइन ।

मन्त्रालयमा प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले मातृ मृत्युदरको मुख्य कारक तत्वका रुपमा रहेको बालविवाहलाई रोक्न विशेष ध्यान दिनुपर्छ भन्नुभयो । परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा आरपी विच्छाले सुत्केरी भएपछि पनि रक्तस्राव, उच्चरक्तचापका कारणले हुने आमाका मृत्यु र जन्मिसकेपछि हुने नवजात शिशुको मृत्यु रोक्न महाशाखाले अस्पताल, उपकरण र औषधि व्यवस्थापनमा ध्यान दिएको जानकारी दिए ।

हाल सरकारले आमा सुरक्षा कार्यक्रमलाई सबै जिल्लामा विस्तार गरी प्रजनन स्वास्थ्यलाई निःशुल्कसमेत बनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “मातृ तथा नवजात शिशुको मृत्यु दर घरमा भन्दा स्वास्थ्य संस्थामा बढी

  1. “The investments are wasted in wrong area. There is a need to identify the critical points and investments be made at such. Only then we shall achieve what we really want. I mean we have all the resources we need to identify the potential points where it can be controlled. Why don’t we bother a research before fancy investments?”

Leave a Reply to Manisha Hada Cancel reply

Your email address will not be published. Required fields are marked *