यस्ता छन् आँखा स्वास्थ्य सम्वन्धी थाह पाउँनै पर्ने २५ तथ्य र ११ सन्देश

नेपालमा :
– १ लाख २० हजार मानिस दृष्टिीविहिन छन् ।
– १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टिदोषको समस्या रहेको छ ।
– ११ लाख ५० हजार मानिस अन्धोपना वा दृष्टिदोषबाट प्रभावित छन् ।
– दृष्टिदोष भएका मध्ये ८९ % मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन् ।
– अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन् ।
– अन्धोपनाको १६% अन्धोपन रोकथाम गर्न सकिने खालका छन् ।
– कुल उच्च तथा मध्यम न्यूनदृष्टि रहेका मध्य ६० प्रतिशत महिलामा रहेको देखिन्छ ।
– न्यूनदृष्टिको मूख्य कारणहरुमा दृष्टिदोष, मोतिविन्दु र जलविन्दु रहेका छन् ।
– दृष्टिविहिनको मूख्य कारणहरुमा मोतिविन्दु, जलविन्दु र आँखाको पर्दा रहेका छन् ।
– पछिल्लो २० वर्षमा संक्रमण जस्तै ट्रकोमाका कारण ले हुने न्यूनदृष्टि समस्यामा वृहत रुपमा घटेको छ ।
– हरेक वर्ष नेपालमा अनुमानित ३० ५ मानिसलाई आँखा जाँच गराउनुपर्ने देखिन्छ ।
– सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भेमा ०.०६% बालबालिकामा बाल अन्धोपन देखिन्छ । त्यसमध्ये ८० %  बालबालिकाहरुको  उपचार गरेर हटाउन सकिने अन्धोपन भेटिएको छ ।
अन्धोपनाका मूख्य कारणहरु :
– मोतिविन्दु र यस सम्बन्धित – ६५ %
– आँखाको पर्दा जन्य रोगहरु– १३ %
– आँखाको नानीमा हुने अन्धोपना– ६ %
– जलविन्दु– ५%
– दष्टिदोष– ४ %
– अन्य–७ %
विश्वमा :
– ३ करोड ६० लाख मानिस दृष्टिीविहिन छन् ।
– २१ करोड ७० लाख मानिस मध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतिविन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिन्छ ।
– २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् ।
– १ अरव मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् ।
– अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष  देखिएको छ ।
– कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् ।
– अन्धोपना र दृष्टिदोषको भार १९९० को ४.५८ प्रतिशत बाट घटी २०१५ मा ३.३७ प्रतिशतमा झरेको छ ।
आँखा स्वास्थ्य सन्देश :
-आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षणहरु हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुन सक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई  जचाँइ हाल्नुपर्दछ ।
– दृष्टिदोष रहेका बालबालिकाको गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आजै आँखा जाँच गरी उनिहरुको भविष्य उज्वल पारौं । विद्यालय भर्ना गर्नुअघि आफ्ना वालवालिकाको आँखा जाँच गराऔं ।
– दृष्टिदोष हुनेले चश्मा प्रयोग गरौ । दृष्टि दोष समस्या बाट बचौं र बचाऔं ।
– नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिस मध्ये ६० प्रतिशत महिला छन् । महिलाको आँखा सेवामा एकदमै कम पहुँच हुनको कारण यातायातको असुविधा र उपचार खर्चको अभाव हो । साथै अन्य कारणहरुमा जनचेतनाको अभाव, घरायसी कामकाज तथा पारिवारिक व्यस्तता, निर्णय प्रक्रियामा सहभागिताको कमी,आँखा केन्द्र वा आँखा अस्पताल जान अरुको सहयोग लिनुपर्ने बाध्यता आदि हुन् । तसर्थ महिलामा हुने आँखा समस्याको प्राथमिकताका साथ उपचार गरौं ।
– हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ । तसर्थ आजै नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरि अन्धोपना हुनवाट बचौं र बचाऔं ।
– मधुमेह तथा उच्च रक्तचाप भएका सबैले आँखा जाँच गराऔं ।
– ४० वर्ष उमेर पुगेका सबैले आफ्नो आँखा जाँच गराऔं ।
– आँखा स्वास्थ्य सबैको प्राथमिकता स्थानिय श्रोत परिचालन आजको आवश्यकता   ।
– आँखा स्वास्थ्य सेवा हरेक तहका स्वास्थ्य प्रणालीमा एकिकृत गरौ ।
-अतिविपन्नका लागि आँखा स्वास्थ्य सेवा निशुल्क गरौ ।
– विश्वका सवैजसो मुलुकमा पाको उमेरको जनसंख्या वढ्दै गईरहेको पृष्ठभुमिमा ठुलो जनसंख्या उमेरका कारणले निम्त्यउने अन्धोपनाको जोखिममा रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *