आज विश्व दृष्टि दिवस, विविध कार्यक्रममा गरी मनाइदै

काठमाडौँ, २५ असोज । आज ११ अक्टोवर अर्थाथ विश्व दृष्टि दिवस । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि विश्व दृष्टि दिवस मनाइदैछ । यसबर्षको नारा ‘आँखा सेवा सबैका लागि – विश्व दृष्टि दिवस मनाऔँ’ भन्ने रहेको छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानि सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।

त्यस अघि नै डव्लुएचओ र आईएपीबीले संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२० राइट टु साइट कार्यक्रमको घोषणा गरी हरेक बर्ष अक्टोबर महिनाको दोस्रो विहीबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ ।

आँखा स्वास्थ्यमा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै दिवसको शुरुवात गरिएको हो ।

नेपालले पनि आफू उक्त संगठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना (२००१–२०१९) लागु गरेको छ । यस दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गर्दछ ।

विगत ३ दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गै‘सरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगति तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ । यद्धपी प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन जिल्लामा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता हो ।

दिवसकै अवसर पारी आज तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौ, हेटौडा सामूदायिक आँखा अस्पताल लगायत १५ जिल्लामा रहेका सामुदायिक आँखा केन्द्रमा वालवालिका (१४ वर्षभन्दा कम उमेर), वृद्ध (६० वर्ष देखि मथिका उमेर) तथा लक्षित वर्गका निम्ति निःशुल्क परामर्श सेवा प्रदान गर्दैछ ।

यसैगरी आँखा उपचार सम्वन्धि जनचेतना जगाउने उद्देश्यका साथ आँखा केन्द्र वा अस्पताल परिसरमा र्याली तथा सभा मार्फत स्थानिय सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सर्वसाधारण तथा विरामीको उपस्थितीमा आँखा स्वास्थ्य सेवाको आवश्यकता तथा महत्ववारे जानकारी गराउने र त्यस सम्वन्धि सूचना सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

विश्व दृष्टि दिवस २०७५ को अवसरमा ओखलढुंगा, रामेछाप,दोलखा तथा सिन्धुली र चामे, मुस्ताङ्गमा बिरामीलाई लक्षित गरि आयोजना गरिएको आँखा शल्यक्रिया शिविर मा कुल १४४ जनाको निःशुल्क मोतीविन्दुको शल्यक्रिया सम्पन्न गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *