धान काटन आएका सियारामलाई हृदयघात, पुरानो मेडिकल कलेजले दियो साथ

चितवन, २४ असोज । भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालले हृदयघात भएको एक विपन्न व्यक्तिको निशुल्क उपचार गरिदिएको छ । दशै खर्च जुटाउन भन्दै चितवनमा धान काटन आएका रौतहट धरमपुरका सियाराम यादवलाई निशुल्क उपचार गरिदिएको हो ।

निमेकबाट परिवारको गर्जो टार्दै आएका यादव गत शनिबार श्रीमतीलाई लिएर धान काटन पूर्वी चितवन आएका थिए । तर आएकै दिन उनलाई मुटुमा गम्भीर समस्या देखा परयो । उनी वेहोस भए । संगै आएका श्रीमती र उनका साथी लालबाबु यादवले तत्काल पुरानो मेडिकल कलेज ल्याइ पुरयाए ।

अस्पतालमा मुटुरोग विशेषज्ञ डा शाहिद मुर्तजा थिए । उनले तत्काल अर्का मुटुरोग विशेषज्ञ डा मनोज श्रैष्ठ सहितको टोलीलाई बोलाएर उपचार शुरु गरिहाले । समयमै अस्पताल ल्याइपुरयाएकोले ठूलो सम्भावित दुर्घटना हुन पाएन । यादवलाई अस्पतालले मंगलबार डिस्र्चाज गरिदिएको छ । डिस्चार्ज हुँदासम्म लागेको सम्पूर्ण  उपचार खर्च समेत अस्पतालले मिनाहा गरिदिएको छ ।

अस्पतालका जनसम्पर्क तथा बजार बिभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले आर्थिक रुपमा विपन्न तथा अशक्तलाई कलेजले यसैगरी निशुल्क उपचार सेवा उपलव्ध गराउँदै आएको बताए । उनले उपचार सेवा तथा स्वास्थ्य जनचेतना फैलाउन शिक्षण अस्पतालले विभिन्न स्थानमा गएर निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको समेत जानकारी दिए ।

पच्चीस बर्ष अघि स्थापित निजी मेडिकल कलेज शिक्षण अस्पताल नेपालकै पुरानो निजी क्षेत्रको मेडिकल कलेजको रुपमा चिनिन्छ । दक्ष विशेषज्ञहरुबाट स्तरीय उपचार सेवा उपलव्ध गराउँदै आएको यस कलेजले नेपालको मेडिकल शिक्षामा समेत उत्कृष्ठ योगदान पुरयाउँदै आएको बजार विभाग प्रमुख न्यौपानेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *