विगत १३ बर्ष देखि हराएका दुई डाक्टर र दुई कविराज खोजीमा आयुर्वेद विभाग

काठमाडौँ, २३ असोज । विना जानकारी ६ देखि १३ बर्षसम्म अनुपस्थित रहेका आयुर्वेद तर्फका दुई जना चिकित्सक र दुई जना कविराजको खोजि शुरु गरिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले आज सूचना प्रकाशित गरी उनीहरुलाई सात दिन भित्र सफाई पेश गर्न भनेको छ ।

सार्वजनिक सूचना अनुसार जिल्ला आयुर्वेद कार्यालय बझाङमा कार्यरत अधिकृत कविराज डा बमबहादुर सिंह नेपाली १३ वर्षदेखि कार्यालयमा अनुपस्थित रहेको भेटिएको छ। उनी ०६२ साउन २३ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।

यस्तै जिल्ला आयुर्वेद कार्यालय कपिलवस्तुमा कार्यरत कविराज तृप्ती ढकाल र जिल्ला आयुर्वेद कार्यालय सिन्धुपाल्चोकमा कार्यरत कविराज चिरन्जिवी भट्टराई ०६५ सालदेखि र दालखामा कार्यरत डा दिनेश ज्ञवाली ०६९ सालदेखि बिदा स्विकृत नगराई कार्यालयमा अनुपस्थित रहेका हुन्।

विभागले आफू पदाधिकार रहेको कार्यालयमा विना सूचना ६० दिन भन्दा बढी अनुपस्थित रहेको देखिएकाले यस्तो कदम चालिएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *