सुदुरपश्चिम प्रदेशले औलो रोक्न भारतीय सिमावर्ती जिल्लामा हेल्थ डेस्क राख्दै

फाइल तस्विर : त्रिभुवन इन्टरनेशनल एयरपोर्ट हेल्थ डेस्क

कैलाली, २० असोज । सुदुरपश्चिम प्रदेशले दशैँका बेला भारतबाट घर फर्कने नेपालीहरुलाई नाकामा हेल्थ डेस्क स्थापना गरि औलोको जाँच गर्न सिमा जोडिएका जिल्लाहरुलाई निर्देशन दिएको छ । भारतको बरेली जिल्लामा औलोको महामारी फैलिएको भन्दै सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले सिमा जोडिएका चारवटा जिल्लालाई हेल्थ डेस्क राखी औलोृ जाँच गर्न निर्देशन दिएको हो ।

ती जिल्लाहरुमा कैलाली, कन्चनपुर, बैतडी र दार्चुला छन् ।

निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले भारतमा महामारीको रुप लिएको र सुदुरपश्चिमबाट रोजगारीका लागि भारत गएका नेपालीहरु दशै तिहारका बेला घर फर्कने क्रममा बढ्ने भएको हुनाले यस्तो निर्देशन दिएको बताए ।

उनले बैतडी अछाम डोटी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा, लगायतका जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई भारतबाट फर्कनेहरुमा विशेष सर्तकता अपनाउन र ज्वरो आएको थाह पाउनासाथ औलोको जाँच गर्न निर्देशन दिएका छन् । त्यसको समन्वय स्थानीय पालिकाहरुसंग गर्न समेत भनेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *