आयुर्वेदको पञ्चकर्म : के हो नस्य कर्म ?

  • अच्युत शाली घिमिरे

आयुर्वेदको पञ्चकर्म चिकित्सा अन्तर्गत पर्ने नस्यकर्म एक प्रधान संशोधन विधि हो।  शिरप्रदेशको नेत्र, कर्ण, कण्ठ आदि अवयवहरुमा फिजिएर रहेका विकृत दोषहरुलाई बाहिर निकाल्न,नासारन्ध्रद्वारा औषधिको प्रयोग गराउनु नै नस्य कर्म हो ।

अच्युत शाली घिमिरे

‘द्वारं हि शिरसो नासा तेन तद् व्याप्य हन्ति तान्’ अर्थात  शिरको द्वार नासा(नाक) लाई मानिएको छ। त्यसैले नस्य नाकमा व्याप्त भएर शिरका रोगहरुलाई नाश गर्छ।

विधि :
प्रात : अथवा मध्याह्नमा रोगीलाई सिरानी तल पारेर सुत्न लगाउने। त्यसपश्चात नाकबाट कफका साथ स्नेह पनि निकाल्नका लागि पहिले शिरमा स्वेदन गर्ने, नस्य दिने र फेरि स्वेदन गर्ने। नस्य राखेपछि तातो पानी खाने, पथ्य भोजन गर्ने र हावा बढी नलाग्ने ठाउंमा बस्ने। जानी राखौं ज्वर, शोक र मदात्यय भएको अवस्थामा चै नस्य दिनु हुदैन।

उपयोगीता :
नस्य कर्म अवबाहुक, ग्रीवास्तम्भ आदि वातव्याधि , उर्ध्वजत्रुगत रोग र कफज रोगमा विशेष उपयोगी रहन्छ। कपाल झर्ने,कपाल फुल्ने, पीनास, मान्यस्तम्भ, शिरस्शूल,अर्दित आदि रोगहरुमा नस्यकर्म लाभकर रहन्छ। शिरस्थ कफ नासाबाट स्राव गराई शिरको रक्तसंवहन बढाएर प्राणवह स्रोतको अवरुद्ध हटाउन नस्यकर्म फलदायी रहन्छ।

अंस, कर्ण, नासा, अक्षि, दन्तशूल, स्वरभेद, गलगण्ड, मुखरोग, शिरो(गौरव, अपस्मार,अर्बुद रोगहरुमा नस्यकर्म उपयोगी रहन्छ।

नस्यकर्मद्वारा स्नेहन, शोधन, विरेचन, तर्पण, शमन, बृंहण, प्रज्ञाप्रोबधन हुनुको साथै यसले यौवन समेत बढाउन मद्दत पुर्याउदछ।नस्यकर्मले शरीरमा हल्का पन ल्याउनुको साथै इन्द्रिय तथा मन प्रसन्न तुल्याउदछ। श्वासावरोध हटाउन उल्लेखनीय भूमिका खेल्ने नस्यकर्मले स्रोतो शुद्धि गर्दै शरीरमा हल्कापन समेत  ल्याउँदछ ।

# घिमिरे चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी विषयमा अध्ययनरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *