पूर्वप्रधानमन्त्री जियालाई तत्काल अस्पताल लैजान अदालतको आदेश

ढाका, १९ असोज । बङ्लादेशको एउटा उच्च अदालतले पूर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल अस्पताल भर्ना गर्न आदेश दिएको छ ।

भ्रष्टाचारको आरोपमा जेल सजाय भोगीरहेकी जिया लामो समयदेखि विरामी भएकाले तत्काल उपचारका लागि अस्पताल लैजान अदालतले बिहीबार सरकारलाई आदेश दिएको हो ।

न्यायाधिश शेख हसन अरिफ र राजिक अल जालिलको इजलासले सरकारलाई यस्तो आदेश दिएको अधिकारीहरूले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री जियाका समर्थकहरूले उनलाई तत्काल पर्याप्त उपचारको व्यवस्था गर्न माग गर्दै केही दिनदेखि प्रदर्शन गरेका थिए ।

केही हप्ता पहिले नेतृ जियाले आफु अत्यन्त अस्वस्थ भएको र पर्याप्त उपचार सेवा पाउन नसकेको बताएकी थिइन् । त्यसपछि उनका समर्थकहरू थप आक्रोसित भएका थिए ।

पाँचवर्षे जेल सजाय भोगिरहेकी ७३ वर्षकी जिया कारागार भित्र ह्लिचियरबाट आवात जावत गर्ने गरेको देखिएको थियो ।

अस्वस्थताका कारण राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी थिइन्। उनले केही हप्ता पहिले भनेकी थिइन्, “मैले न्याय पाउदिन भन्ने मलाई थाहा छ, मेरो हात खुट्टामा पक्षाघात भएको छ, मलाई जहाँ राखेर शासन गर्ने हो गर ।”

उनले थपेकी थिइन्, “तिमिहरूले जस्तो चाहन्छौँ, त्यस्तैगरी मलाई कारवाही गर्न सक्छौँ, तर राम्रोसँग बस्न र उपचार गर्न देऊ ।”

बङ्गलादेश नेशनलिष्ट पार्टीका प्रमुख जियाले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उनले बताउँदै आएकी छन् ।

बच्चाहरूका लागि विश्वभरबाट सङ्कलन गरिएको बाल विकाससम्बन्धी एककोषको एक करोड ६१ लाख रकम दुरूपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले नेत्री जियाका चार जना सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाएको थियो ।रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *