पुरानो मेडिकल कलेजले ल्यायो अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा

चितवन, १६ असोज । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज)ले अत्याधुनिक अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा ल्याएको छ । कलेजले काठमाडौँ बाहिर यस्तो अत्याधुनिक मेसिन सञ्चालनमा ल्याउने आफू नै पहिलो भएको दावी गरेको छ ।

सञ्चालनमा आएको अपिलो ५०० अल्ट्रासाउन्ड मेसिन टोसिवा कम्पनीको अत्यन्त परिस्कृत ‘मल्टीफङ्सनल’युक्त मेसिन भएको बताइएको छ । यसबाट अल्ट्रासाउण्डका अलावा इको र कलेजोको फाइब्रोस्क्यान सम्वन्धि जाँच समेत गर्न सकिन्छ । थ्रिडी र फोर डी इमेजिङ्ग सिस्टम भएको यस मेसिनबाट पेटमा रहेको बच्चाको समेत इको (फिटल इको) गर्न सकिने बताइएको छ ।

अत्यधिक रक्सि सेवन गरेर होस वा फ्याटी लिभर समस्याका कारण होस वा अन्य जुनसुकै कारण कलेजोमा जुनसुकै बेला खरावी आउन सक्छ । त्यस्तो केसमा यो मेसिन प्रयोग गर्न सकिन्छ । कलेजका पेट तथा कलेजोरोग विशेषज्ञ डा खुशराज देवान भन्छन्, ‘कलेजो कति प्रतिशत विग्रिएको रहेछ भनेर हेर्न यो मेसिन प्रयोग गर्न सकिन्छ ।’

उनले हेपाटाइटिस बी र सी लागेका बिरामीहरुको कलेजोको अवस्था हेर्न तथा कलेजोको साधारण तथा जटिल ट्यूमर छुट्याउन समेत यस मेशिनले सहज बनाउने बताए । कलेजो प्रत्यारोपण गरिसकेका बिरामीहरुको फेरी कलेजो बिग्रने सम्भावना तथा के कति मात्रामा बिग्रीएको छ पत्ता लगाइ समयमै आवस्यक उपचार गर्न समेत यसले मद्धत पुग्ने डा देवानले बताए ।

त्यस्तै यस मेसिनले महिलाको थाइराइड तथा स्तन सम्बन्धी उच्च प्रविधियुक्त डायग्नोसिस गर्दछ जसवाट बिरामीले पाउने उपचारलाई अझ गुणस्तरीय बनाउन सकिने रेडियोलोजी विभागका प्रमुख डा.प्रमोद क्षेत्री बताउँछन् ।

पुरानो मेडिकल कलेज प्रशासनले नयाँ प्रविधियुक्त मेसिन थपिएसंगै कलेजको सेवा थप प्रभावकारी हुने विश्वास लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *