स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बन्न छ जनाको आवेदन (सूची सहित)

काठमाडौँ, ११ असोज । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि छ जनाले दरखास्त हालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो पटक आवहान गरेको विज्ञापनमा छ जनाको दरखास्त परेको हो ।

मन्त्रालय स्रोतका अनुसार दरखास्त हाल्नेहरुमा बीमा बोर्डका कार्यकारी निर्देशक डा मदनकुमार उपाध्याय, नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्र र नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य डा सतिशकुमार देव छन् । यस्तै स्वास्थ्य अर्थशास्त्री देवेन्द्र ज्ञवाली, डा जोतिन्द्र साह र रविन पोखरेलले समेत बीमा बोर्डको निर्देशक बन्न दरखास्त हालेका छन् ।

यसअघि मन्त्रालयले पहिलो पटक गत २८ साउनमा ७ दिनको म्याद दिएर दरखास्त आवहान गरेको थियो । त्यसबेला १९ जनाले दरखास्त दिएका थिए । तर प्रक्रिया नपुर्याएको भन्दै मन्त्रालयले गरेको विज्ञापनलाई लोकसेवा आयोगले १५ दिन पछि रद्ध गरिदिएको थियो ।

मन्त्रालयले पहिलो विज्ञापन रद्ध भएको दुई साता पछि अर्थात २४ भदौमा पुन दोस्रा पटक विज्ञापन आवहान गरेको थियो । पछिल्लो पटक गरेको विज्ञापनमा दरखास्तका लागि १५ दिनको समय सिमा तोकिएको थियो । सो समय सिमा गत आइतबार सकिएको थियो ।

अब लोक सेवा आयोगका अध्यक्ष वा प्रतिनिधि संयोजक र स्वास्थ्य सचिव सदस्य सचिव रहेको छनौट समितिले उत्कृष्ठ तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने र त्यसमध्ये एक जनालाई निर्देशक बनाउनेछ । निर्देशकको पद ४ बर्षको हुनेछ ।

बीमा बोर्डको निर्देशकका लागि दोस्रो पटक यसरी गरिएको थियो विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *